मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ बिरुद्धको खोप अभियान जारी, ३ दिनको अवधिमा ११ सय बढीले खोप लगाए

कोभिड १९ बिरुद्धको खोप अभियान जारी, ३ दिनको अवधिमा ११ सय बढीले खोप लगाए


अछाम । जिल्लामा पहिलो चरण अन्र्तगतको दोश्रो प्राथमिक्तामा परेका नागरिकलाई कोरोना भाईरस कोभिड १९ बिरुद्धको खोप लगाउने अभियान जारी रहेको छ । अभियानको दोश्रो तेश्रो दिन आज ५ सय १७ जनाले खोप लगाएका छन् ।

१ सय २० महिला र ३ सय ९७ पुरुष गरी ५ सय १७ जनाले खोप लगाएका स्वास्थ्य कार्यालय अछामका प्रमुख बरिष्ठ जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले बताए । अभियानको पहिलो दिन ७ महिला ६३ पुरुष गरी ७० जना र दोश्रो दिन हिजो ४ सय २३ पुरुष १ सय ४७ महिला गरी ५ सय ७० जनाले खोप लगाएका थिए ।

यसपटक अछाम जिल्लाका ३ वटा ठाँउमा केन्द्र बनाएर खोप अभियान संचालन गरिएको छ। जिल्ला अस्पताल मंगलसेन, बयालपाटा अस्पताल र कमलबजार प्राथमिक स्वास्थ्य केन्द्रबाट खोप अभियान संचालन गरिएको हो । अछाम जिल्लामा आजसम्म ८ सय ८३ जना पुरुष र २ सय ७४ महिला गरी १ हजार १ सय ५७ जनाले खोप लगाएका छन् ।

लक्षित समुह अन्र्तगत पहिलो चरणको दोश्रो प्राथमिक्तामा रहेका नागरिकका लागि फागुन २ गते देखि सुरु भएको खोप अभियान ६ गते सम्म चल्नेछ । जिल्लाभरीबाट दोश्रो प्राथमिक्तामा रहेका २ हजार १ सय जना भन्दा बढी लक्षित समुहलाई खोप लगाउने लक्ष्य स्वास्थ्य कार्यालय अछामले लिएको छ ।