मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार कल्याणकारी कोषका लागि खत्री र खड्काद्वारा ५/५ हजार सहयोग गर्ने घोषणा

पत्रकार कल्याणकारी कोषका लागि खत्री र खड्काद्वारा ५/५ हजार सहयोग गर्ने घोषणा


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषका लागि पत्रकार शिवराज खत्रीले ५ हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

सुदूरपश्चिमबाट ६५ महासंघको ६५ बर्षे ईतिहासमा पहिलो पटक अछामबाट खुल्ला केन्द्रिय सदस्यमा निर्वाचित भएका खत्रीले कोषका लागि आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।


यस्तै मंगलसेन नगरपालिका वडा नं. ७ घर भई हाल कोरियामा रहेका एकिन्द्र खड्काले पनि ५ हजार आर्थिक सहयोग गर्ने घोषणा गरेका छन् । उनले महासंघ अछामले राम्रो कामको सुरुवात गरेको भन्दै सानो सहयोग भएपनि आफुले आर्थिक सहयोग गर्ने बताए ।

खड्कालाई यसअघि रेडियो रामारोशनमा आवद्ध भएर संचार क्षेत्रमा काम गरेको अनुभव छ । उनले विभिन्न समयमा दुख, अप्ठेरोमा परेका, उपचार अभावमा रहेका नागरिकलाई आर्थिक सहयोग गर्दै सामाजिक तथा परोपकारी काम गर्दै आईरहेका छन् ।

खत्री र खड्काले केहि दिनमै कोषको खातामा पैसा जम्मा गर्ने बचन दिएका शाखा सचिव पूर्ण बहादुर खड्काले बताए ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले बुधबारको दोश्रो बैठक मार्फत जिल्ला स्थित महासंघ संग आवद्ध क्रियाशिल पत्रकार तथा संचारकर्मीलाई अप्ठेरो पर्दा सहयोग गर्ने उद्देश्यले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।