मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार कल्याणकारी कोषका लागि महासंघका पूर्व अध्यक्ष तिमिल्सैनाद्धारा १० हजार सहयोग गर्ने घोषणा

पत्रकार कल्याणकारी कोषका लागि महासंघका पूर्व अध्यक्ष तिमिल्सैनाद्धारा १० हजार सहयोग गर्ने घोषणा


अछाम । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले स्थापना गर्न लागेको पत्रकार कल्याणकारी कोषका लागि नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष बेदप्रकाश तिमिल्सैनाले १० हजार सहयोग गर्ने घोषणा गरेका छन् ।

जिल्ला शाखाका बर्तमान सल्लाहकार समेत रहेका तिमिल्सैनाले कोषलाई बलियो बनाउन आर्थिक सहयोग गर्ने घोषणा गरेका हुन् ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले बुधबारको दोश्रो बैठक मार्फत जिल्ला स्थित महासंघ संग आवद्ध क्रियाशिल पत्रकार तथा संचारकर्मीलाई अप्ठेरो पर्दा सहयोग गर्ने उद्देश्यले पत्रकार कल्याणकारी कोष स्थापना गर्ने निर्णय गरेको थियो ।