मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बयालपाटा अस्पतालमा थप २ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

बयालपाटा अस्पतालमा थप २ स्वास्थ्यकर्मीलाई कोरोना संक्रमण

पाटेखेतमा २१ जनाको परिक्षण गर्दा २० जनामा कोरोना पुष्टी


पाटेखेतमा २१ जनाको परिक्षण गर्दा २० जनामा कोरोना पुष्टी

अछाम । बयालपाटा अस्पतालमा थप दुई जनालाई कोरोना संक्रमण देखिएिको छ । आज गरिएको परिक्षणमा दुई जना स्वास्थ्यकर्मीलाई कोरोना देखिएको अस्पतालले जनाएको छ । स्वास्थ्यकर्मी संग एक जना अन्य बिरामीमा समेत कोरोना देखिएको अस्पतालले जनाएको छ ।

नयाँ भेरियण्ट सहितको कोरोना संक्रमणको दर अहिले देशभर बढीरहेको छ । भारितय नाँकासंग जोडिएका जिल्ला कैलाली र बाँकेमा अछामका नागरिकको आवत जावत बढी हुने भएकाले संक्रमणको दर बृद्धि हुन सक्ने आँकलन गरिएको छ ।

नयाँ संक्रमण फैलिन नदिन हरेक नागरिकले सचेत बन्नुपर्ने स्वास्थ्यकर्मीको भनाई छ । सुरसफाई, मास्कको प्रयोग लगायत स्वास्थ्यका मापदण्ड सबैले पालना गर्नुपर्ने स्वास्थ्यकर्मीको तर्क छ । साथैँ अत्यावश्यक बिरामीले मात्र अस्पताल आउनु पर्ने अन्यथा घरमै सुरक्षित बस्नुपर्नेमा स्वास्थ्यकर्मीको जोड छ ।

यस्तै जिल्लाको बान्नीगढी जयगढ गाउँपालीका वडा ६ दर्ना पाटेखेतमा एन्टीजेन्ट बिधीबाट परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गाउँपालीकाका स्वास्थ्य शाखा प्रमुख वसन्त रवलका अनुसार पाटेखेतमा बुधबार २१ जनामा एन्टीजेन्ट बिधीबाट परिक्षण गर्दा २० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

बान्नीगढी जयगढ गाउँपालीकामा अस्ति (सोमबार) वडा नं ५ कालीकाको नन्दा माध्यमिक बिधालयका २४ जना बिधार्थीमा एन्टीजेन्ट बिधीबाट परिक्षण गर्दा १५ जना बिधार्थीमा कोरोना संक्रमण पुष्टी भएको थियो । हाल पालीकामा कोरोनाको लक्षणसङ्ग मिल्दा जुल्दा बिरामीको सङ्ख्या बढ्दै गएको र सोही अनुसार परिक्षणलाई समेत गाउँपालीकाले बढुवा दिईरहेको स्वास्थ्य शाखा प्रमुख रावलले बताए ।