मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पत्रकार महासंघ अछामको एक टोलीद्वारा पूर्वी अछामका स्थानिय तह संग छलफल

पत्रकार महासंघ अछामको एक टोलीद्वारा पूर्वी अछामका स्थानिय तह संग छलफल


अछाम : नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामको एक टोली पूर्वी अछामको भम्रण गरेको छ । गत चैत्र २५ गते सम्पन्न निर्वाचनबाट निर्वाचित भएपछि टोली पहिलो पटक पूर्वी अछाम पुगेको छ ।

नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामका अध्यक्ष खम्म सिंह खत्रीको नेतृत्वमा प्रदेश सदस्य धमेन्द्र बिसी, पूर्व अध्यक्ष जनकराज भण्डारी सहित शाखाका पदािधकारीहरुको टोलीले पूर्वी अछाम पुगेर महासंघको आगामी योजना र भुमिकाका बिषयमा छलफल गरेको छ ।

टोलीले पूर्वी अछामका ढकारी गाँउपालिका, तुर्माखाँद गाँउपालिका र कमलबजार नगरपालिकाका जनप्रतिनिधी तथा कर्मचारीहरु संग छलफल गरेको हो ।

महासंघले अब अछाम जिल्लामा पत्रकारीताका क्षेत्रमा गर्ने काम र स्थानिय तहसंगको सहकार्यमा त्यस क्षेत्रका समस्या, उठान गर्नुपर्ने सवाल, जनजिविकाका कुरा, सुशासन, विकास निर्माण लगायतका पक्षमा आवाज उठाईने कुरा भएको महासंघका अध्यक्ष खत्रीले बताए ।

साथै उनले महासंघ अछामले निकट भविष्यमै आफ्नो भवन निर्माण गर्न लागेको भन्दै आवश्यक सहयोग गर्न पनि स्थानिय निकायलाई आग्रह गरेका थिए ।

जवाफमा स्थानिय तहका प्रतिनिधी तथा निमित्त प्रमुख प्रशासकिय अधिकृतहरु सकरात्मक रहेको खत्रीले जानकारी दिए । स्थानिय तहका जनपतिनिधीले महासंघ संग पालिका सहकार्य गर्दै अघि बढ्ने र भवन निर्माणका लागि आवश्यक सहयोग गर्ने बताएका छन् ।

साथै उनिहरुले महासंघले पनि जिल्लामा मात्रै केन्द्रित नभएर समय सयमा गाँउठाँउमा पुगेर त्यहाँको वास्तविक बस्तुस्थिती बुझेर पत्रकारिता गर्न आग्रह गरेका थिए । उनिहरुले स्थानिय तहका समस्या, महिलाका कुरा, राम्रा तथा नराम्रा कुरालाई उजागर गर्न आग्रह गरेका थिए ।