मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पाँच पूर्वप्रधानमन्त्रीसहित १४६ सांसदले गरे रिट दायर

पाँच पूर्वप्रधानमन्त्रीसहित १४६ सांसदले गरे रिट दायर


काठमाडौं– प्रतिनिधिसभा विघटन गरेर मध्यावधि निर्वाचन गर्ने र  प्रधानमन्त्रीमा केपी शर्मा ओलीलाई पुनः नियुक्त गर्ने कदमविरुद्ध पाँच दल सम्मिलित विपक्षी गठबन्धनका १४६ जना सांसदले सर्वोच्च अदालतमा रिट निवेदन दायर गरेका छन्।

बहुमत सांसदको तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एमालेका वरिष्ठ नेताद्ववय माधवकुमार नेपाल र झलनाथ खनाल तथा जनता समाजवादी पार्टीका नेताद्वय बाबुराम भट्टराई र उपेन्द्र यादवले रिट निवेदन दायर गरेका हुन्।

रिट निवेदकमा पाँच जना त पूर्वप्रधानमन्त्री छन्। रिट निवेदन दर्ता गर्न देउवालाई समर्थन गर्ने सबै सांसद  सर्वोच्च अदालत पुगेका थिए। रिट निवेदनमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‌को कार्यालय, प्रतिनिधिसभाका सभामुख र निर्वाचन आयोगलाई विपक्षी बनाइएको छ।