मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन तिव्र, म्याद गुज्रिएका अखाद्य बस्तु भेटिए जरीवाना

सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वमा बजार अनुगमन तिव्र, म्याद गुज्रिएका अखाद्य बस्तु भेटिए जरीवाना


अछाम : जिल्लामा बजार अनुगमनलाई तिव्रता पारिएको छ । अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाको एक टोलीले अनुगमनलाई तिव्रता दिएका हो । कोरोनाको कहरमा समेत सुरक्षाका मापदण्ड पूर्णरुपले पालना गर्दै बजार अनुगमनलाई तिव्र पारिएको टोलीमा सहभागीले बताए ।

सोही अन्र्तगत सहायक प्रमुख जिल्ला अधिकारीको नेतृत्वको एक टोलिले कमलबजार क्षेत्रमा अनुगमन गरेको छ । जिल्लाको पूर्वी क्षेत्र मध्यको एक प्रमुख व्यापारीक केन्द्र कमलबजारमा जिल्लाको एक सर्बपक्षिय टोलिले अनुगमन गरेको हो । बिशेष गरेर बजारमा रहेका खाद्यन्न पसलहरुमा अनुगमन गरीएको हो ।

जिल्लामा निषेधाज्ञा भएको बेला अखाध्य बस्तुहरुको बेचबिखन हुनसक्ने, महंगी हुन सक्ने कुरालाई मध्यनजर गर्दै अनुगमन गरिएको सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले बताए । कमलबजारमा बिगत लामो समयदेखि संचालनमा रहेका धमाला जनरल स्टोर, देउबा जनरल स्टोर र ढकाल जनरल स्टोर लगायतका पसलहरुमा अनुगमन गर्दा पसल हरुमा मुल्य सुचि नराखिएको पाइएको छ ।

साथै उतm पसलहरु बाट प्रशस्त परिमाणमा म्याद गुज्रिएका अखाद्य बस्तुहरु बरामद गरी नष्ट गरीएको छ । मुल्य सुचि नराखेका र म्याद गुज्रिएका अखाद्य बस्तुहरु फेला परेका पसलका संचालकहरुबाट जरीवाना असुल समेत गरीएको टालिको नेतृत्व गर्नु भएका अछामका सहायक प्रमुख जिल्ला अधिकारी रञ्जन प्रसाद तिमिल्सैनाले सुदूरआजलाई जानकारी दिए ।

टोलीले आगामि दिनहरुमा मुल्य सुचि नराखेको र म्याद गुज्रिएका अखाद्य बस्तुहरुको बिक्रिबितरण नगर्न र नगराउन सुझाब दिनुका साथै सो कार्य गरेको पाइएमा कानुन बमोजिम कारवाहि हुने अधिकारी तिमिल्सैनाले बताए ।

टोलिमा घरेलु तथा साना उद्योग कार्यालयका जनक ढुंगाना, उद्योग बाणिज्य संघका जिल्ला सदस्य मिलता अधिकारी, श्यामलाल देउबा, कमलबजार बजार प्रर्बदन बिकास समितिका अध्यक्ष कासिराम बजगाइ, इलाका प्रहरी कार्यालय कमलबजारका इन्चार्ज लक्ष्मिराज जोशी, सशस्त्र प्रहरी हवल्दार जय बहादुर महतरा। रेडियो कमलबजारका स्टेशन प्रमुख अमर धामि लगायतको उपस्थिति रहेको थियो ।