मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर, २४ घण्टामा ६ हजार ६३६ जना निको भए

नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर, २४ घण्टामा ६ हजार ६३६ जना निको भए


काठमाडौं- नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ४७९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। १० हजार ४७१ जनाको पीसीआर विधि र ३ हजार २६२  जनाको एन्टिजेन परीक्षण गर्दा ३ हजार ४७९ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयको जनाएको छ। 

आइतबार नयाँ संक्रमितभन्दा संक्रमणमुक्त हुने झन्डै दोब्बर छन्। पछिल्लो २४ घण्टामा ६ हजार ६३६ जना कोरोना संक्रमणमुक्त भएका छन्।  

आइतबार ९९ जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांक छ। हालसम्म ७ हजार ८ सय ९८ जना संक्रमितको मृत्यु भएको छ।

आइतबार कुल परीक्षणमध्ये २८.९ प्रतिशतमा संक्रमण देखिएको छ। हालसम्म ४७ जिल्लामा ५०० भन्दा बढी मानिसलाई संक्रमण भएको मन्त्रालयको तथ्यांक छ।