मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

जोखिम भत्ताका लागि सबै अस्पतालसँग यी ४ विषयमा विवरण माग

जोखिम भत्ताका लागि सबै अस्पतालसँग यी ४ विषयमा विवरण माग

सुदूर आज

काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ रोकथाम नियन्त्रण र उपचारमा प्रत्यक्ष संलग्न स्वास्थ्यकर्मी र अन्य कर्मचारीलाई ५० प्रतिशत जोखिम भत्ता उपलब्ध गराउन विवरण माग गरेको छ।

मन्त्रालयले सबै सरकरी अस्पताल, प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सामाजिक विकास मन्त्रालय र स्थानीय तहलाई पत्र पठाउँदै विवरण माग गरेको हो। 

मन्त्रालयले सबै सरकारी आइसोलेसन सेन्टर, प्रयोगशाला र अस्पतालहरुसँग ४ वटा विवरण माग गरेको छ। मन्त्रालयले सम्झौता वा सञ्चालन गर्ने निर्णय, बिरामीको रियल टाइम रिपोर्टिङ, ड्युटीमा खटिएकाहरु मात्र ड्युटी लिष्ट र ड्युटीमा खटिएकाहरुको मात्र तलबी भर्पाई माग गरेको छ।

No description available.