मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

के कोरोनाविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?

के कोरोनाविरुद्धको खोप लगाएपछि शरीर चुम्बकीय बन्छ ?


काठमाडौं । कोभिड–१९ विरुद्धको खोप सुरक्षित र प्रभावकारी रहेको र यसले मानव स्वास्थ्यमा कुनै प्रतिकूल असर नगर्ने राष्ट्रिय स्वास्थ्य शिक्षा, सूचना तथा सञ्चार केन्द्रले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको केन्द्रले खोपका विषयमा फैलिएका अनेक अफवाहमा विश्वास नगर्न आग्रह गरेको हो । कोभिड–१९ विरुद्धको खोपमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू नहुने केन्द्रले जनाएको छ ।

“कोभिड–१९ को खोपहरूमा कुनै प्रकारको धातु वा माइक्रोचिपहरू हुँदैन । त्यसैले यस्ता अफवाहको विश्वास नगरौँ । कोमिड–१९ को खोप सुरक्षित र प्रभावकारी छ र यसले हाम्रो स्वास्थ्यमा कुनै प्रतिकूल असर गर्दैन,” केन्द्रद्वारा जारी सन्देशमा भनिएको छ ।