मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

खेतबारीको काम गर्दा दूरी कायम गर्न आग्रह

खेतबारीको काम गर्दा दूरी कायम गर्न आग्रह

सुदूर आज

काठमाडौं । खेतबारीको काम गर्दा दूरी कायम गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आग्रह गरेको छ । मनसुन सुरु भएसँगै खेतबारीको काम सुरु हुने र त्यसबाट कोरोना संक्रमणको जोखिम बढ्नसक्ने भन्दै मन्त्रालयले दूरी कायम गर्न आग्रह गरेको हो । 

मेला–पर्म तथा खेतमा पानी लगाउने, धान रोप्नेजस्ता काम समूहमा गरिने भएकाले यसमा सतर्क हुने मन्त्रालयले अनुरोध गरेको छ ।
 
असार महिना लागेसँगै गाउँघरमा काम बढ्नेभन्दै मन्त्रालयले खेतबारीमा जुनसुकै काम गर्दा पनि दूरी कायम गर्नुपर्ने, मास्क लगाउनु पर्ने, सावुन पानीले बेलाबेलामा हात धुनुपर्ने जनाएको छ ।