मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अरु स्थानिय तहसंग तुलना गर्दा साँफेबगरका वडाको बजेट कम नभएको नगर प्रमुख कुवँरको दाबी

अरु स्थानिय तहसंग तुलना गर्दा साँफेबगरका वडाको बजेट कम नभएको नगर प्रमुख कुवँरको दाबी


अछाम । जिल्लाको साँफेबगर नगरपालिकाले आफ्नो नगरका वडाको बजेट कम नभएको दावी गरेको छ । देशका ७ सय ५३ र अछामका सबै पालिका संग तुलना गर्दा आफ्नो नगरका वडाको बजेट कम नभएको नगरपालिकाले जनाएको छ ।

तर गर्त बर्षहरुको तुलनामा यस बर्ष वडाको बजेट कम भएको नगरपालिकाले विज्ञप्ती मार्फत जनाएको छ । यस बर्ष ७८ वटा बाल विकास केन्द्रका शिक्षक, ७० वटा बिद्यालयका कर्मचारीको मासिक तलबको केही प्रतिशित नगरपालिकाले व्यहोर्नु परेका कारण वडाको बजेट कम भएको नगरपालिकाले विज्ञप्ती मार्फत स्पष्ट पारेको हो ।

यस बर्ष नगरपालिकालाई गत बर्षहरुको तुलनामा १ करोड ३६ लाख ५ हजार थप व्ययभार थपिएको कारण वडाको बजेट कम भएको नगर प्रमुख कुल बहादुर कुवँरद्धारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ ।

यस्तै नगरपालिकाकै गौरबको आयोजनाका रुपमा रहेको सुदूर लक्षित प्रानविधिक शिक्षालय, जनता क्याम्पस बयालपाटा र त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटका अधुरा भवन आउने आर्थिक बर्ष भित्रै सम्पन्न गर्नुपर्ने भएकाले पनि वडाको बजेट कम हुन गएको विज्ञप्तीमा भनिएको छ ।

नगरपालिकाले १४ वटै वडाको सभा आसर ५ गते भित्र सक्ने, ७ गते नगरसभाको आयोजना गरि निति तथा कार्यक्रम प्रस्तुत गर्ने र १० गते सातौँ नगरसभाको दोश्रो बैठकबाट बजेट प्रस्तुत गर्ने कार्ययोजना बनाएको छ ।

कोरोना खोपको व्यवास्था गर्न नेपाल सरकारसंग जोडदार माग ।

नगर प्रमुख कुवँरले १८ बर्ष भन्दा माथीका सबै नागरिकलाई कोभिड १९ बिरुद्धको खोपको व्यवास्थ ागर्न नेपाल सरकारसंग जोडदार माग गरेका छन् । सरकारले बजारमा खोप किन्न सकिने व्यावस्था मिलाए साँफेबगरले किन्न सक्ने समेत उनले विज्ञप्ती मार्फत जानकारी गराएका छन् ।

नगर प्रमुख कुवँरले हाल मुलुकका विभिन्न ठाँउमा मनसुनको सक्रियताले अत्याधिक बर्षा भईरहेले यसबाट बाढी पहिरोले क्षति पुर्याउन सक्ने भन्दै सबै नागरिकलाई सचेत रहन पनि आग्रह गरेका छन् ।

वडाको बजेट कम भएको भन्दै नगरका ६ वडाध्यक्षको असहमती ।

साँफेबगर नगरपालिकाका ६ जना वडाध्यक्षले आफ्नो वडाको बजेट कम भएको भन्दै असहमती जनाएका छन् । उनिहरुले गत बर्षको तुलनामा यस बर्ष झन् बढी बजेट हुनुपर्नेमा कम भएको भन्दै तोकिएको बजेट प्रति असन्तुष्टी जनाएका हुन् ।

नगरको १२ औ कार्यपालिका बैठकमा नेपाली कांग्रेसबाट निर्वाचित ६ जना वडाअध्यक्षहरुले योजना छनोटमा मनोमानी र वडाको बजेट घटाएको भन्दै असहमती जनाएका हुन् ।