मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

१ महिना देखि निरन्तर बिरामीलाई खाजा खुवाउदैँ नेविसंघ र सिडेन

१ महिना देखि निरन्तर बिरामीलाई खाजा खुवाउदैँ नेविसंघ र सिडेन


अछाम । नेपाल बिद्यार्थी संघ अछामको पहलमा बयालपाटा अस्पतालका बिरामीलाई पौष्टिक खाजा खुवाउन लागेको आज एक महिना पुरा भएको छ । कोरोनाको महामारीका बेला निशेधाज्ञाको समयमा सहजै बिरामीलाई खाजा पाउन मुस्किल भईरहेका बेला नेबिसंघ अछामले जिल्लामै पहिलो पटक खाजा वितरण अभियान सुरुवात गरेको थियो ।

बयालपाटा अस्पतालमा भर्ना भएका कोरोना संक्रमित र अन्य बिरामीको लागि सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स (सिडेन) अछाम संग सहकार्य गर्दै नेविसंघ अछामले १ महिना देखि निरन्तर रुपमा खाजा वितरण गर्दै आईरहेको छ । यस्तो बेला बिरामीलाई पौष्टिक खाने कुराको आवश्यक्ता हुने चिकित्सकको सल्लाह बमोजिम नेविसंघले हरेक दिन फरक फरक खाजा परिकार बिरामीलाई खुवाउदै आएको छ ।

सामाजिक संघ संस्था, सामाजिक तथा परोपकारी व्यक्तीहरुले गरेको सहयोग तथा आफै सक्रिय भएर नेविसंघ अछामले बिरामीलाई खाजा वितरण गरिरहेको र यो क्रम निशेधाज्ञा रहुञ्जेल जारी रहने नेविसंघ अछामका नेता उमेश कुवँरले बताए ।

आफुहरुले संचालन गरेको अभियानमा सबैको साथ र सहयोग रहकाले अभियानले सार्थकता पाएको महसुश भएको नेविसंघ नेता उमेश कुवँरले बताए । जिल्लाभर निशेधाज्ञा भएका बेला खाजाका लागि बिरामीसंग अर्को कुनै बिकल्प नहुदाँ नेविसंघ अछामले सिडेन नेपाल अछामसंग सहकार्य गर्दै स्वतफुर्त आफै पैसा संकलन गरेर खाजा विरतण अभियान सुरु गरेको थियो ।

नेविसंघ र सिडेनको पहलमा भईरहेको खाजा वितरण अभियानले बिरामीलाई निकै राहत भएको बयालपाटा अस्पतालका मेडिकल तथा शल्यचिकित्सा निर्देशक डाक्टर मन्दीप पाठकले बताए । अभियानका लागि उनले धन्यवाद समेत ज्ञापन गरे ।

नेविसंघ अछामले जिल्लामा रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, बाढी पहिरो पिडितलाई राहत प्रदान, बिरामीलाई फलफलु बितरण, बिद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री बितरण लगायत कार्यक्रम विभिन्न समयमा गर्दै आईरहेको छ ।