मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेबिसंघ अछाम बन्यो बिरामीको भोक मेटाउने सारथी

नेबिसंघ अछाम बन्यो बिरामीको भोक मेटाउने सारथी

सामाजिक र परोपकारी काममा सक्रिय हुदैँ संघसंगठनको अग्रपंक्तीमा नेविसंघ अछाम


{सामाजिक र परोपकारी काममा सक्रिय हुदैँ संघसंगठनको अग्रपंक्तीमा नेविसंघ अछाम}

अछाम । नेपाल बिद्यार्थी संघ अछाम सामाजिक तथा परोपकारी काममा सक्रिय हुदैँ आएको छ । नेपाली कांग्रेसको भातृ संस्थाका रुपमा स्थापित संघ राजनिति आस्था भन्दा परोपकारी तथा सामाजिक कार्यमा बढी सक्रिय देखिएको छ ।

नेबिसंघ अछामले जिल्लमा विभिन्न समयमा सामाजिक तथा परोपकारी काम गर्दे आईरहेको छ । कांग्रेसको भातृ संस्थाका रुपमा राजनिति क्षेत्रसंगै समाज परिर्वतन र सुधारका क्षेत्रमा बढी क्रियाशिल हुदैँ आएको छ ।

जिल्लामा रक्तदान कार्यक्रम, सरसफाई कार्यक्रम, बाढी पहिरो पिडितलाई राहत प्रदान, बिरामीलाई फलफलु बितरण, बिद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री बितरण लगायतका कार्यमा नेविसंघ अछाम हरेक समय क्रियाशिल हुदैँ आएको छ ।

नेसिबंघ अछामले अछाममा बिपन्न तथा गरिब परिवारका बिद्यार्थीहरुलाई निशुल्क शैक्षिक सामाग्री समेत बितरण गर्दै आईरहेको छ । संघले सामाजिक तथा परोपकारी कामलाई प्राथमिक्ता दिदैँ आएको छ ।

राजिनितिक आस्थालाई पर राखेर समाज रुपान्त्ररणमा क्रियाशिल छौँ : अध्यक्ष साँउद ।

‘हामी पार्टीलाई सहयोग हुने खालका राजनितिक गतिबिधी संगै सामाजिक कार्यमा पनि क्रियाशिल हुनुपर्छ भनेर लागिरहेका छौँ’ नेबिसंघ अछामका अध्यक्ष नृप साँउदले भने, राजनिति गर्ने भनेकै समाजका लागि हो ।

नेबिसंघ अछाम राजनितिमा मात्रै सक्रिय छैन, समाज परिवर्तन, विकास निर्माण, सुशासन, पार्दशिता लगायतका क्षेत्रमा पनि हरेक समय आवाज उठाउदैँ आएको अध्यक्ष साँउदले बताए । जिल्लाको समग्र विकास र परिर्वतनका पक्षमा नेविसंघ सधैँ क्रियाशिल रहने उनको भनाई छ ।

राजनितिक आस्था एक ठाँउमा छ, ‘तर हामीले त्यो बिचारलाई पर राखेर अप्ठेरो परिस्थितीमा सबैलाई समान रुपले हेरेर काम गरिरहेका छौँ’ अध्यक्ष साँउदले भने, बाढी पिडितका परिवारलाई राहत वितरण होस्, बिद्यार्थीलाई शैक्षिक सामाग्री बितरण होस्, बिरामीलाई रक्तादान लगायतका सहयोगमा राजनिति जोडिनु हुदैँन ।

पार्टीको एउटा पिल्लरका रुपमा नेबिसंघलाई कांग्रसले लिने गरेको छ । चुनावको बेला मात्र राजनितिक आस्था देखाउनु पर्छ अन्य समयमा संघ संगठन जोसुकैले पनि समाजका पक्षमा काम गर्नुपर्ने उनको धारणा छ । नेबिसंघ सधैँ त्यहि प्रकारले अघि बढीरहेको उनले बताए ।

राजनिति गर्ने भनेकै समाज र जनताका लागि हो नेबिसंघ अछामका सचिव बम स्वाँरले भने ‘हाम्रो संगठन अनवरत रुपमा यसै क्षेत्रमा बढी क्रियाशिल छ ।’ नेबिसंघ अछाम बिद्यार्थीहरुको दुखसुखको साथी त छदैछ सचिव स्वाँरले भन्छन् ‘हामी समाजको विकास र विभिन्न सामाजिक रुढीबादी परम्पराको अन्त्यका लागि पनि क्रियाशिल छौँ ।’

कोरोना कहरमा बिरामीलाई दैनिक खाजा बितरण गर्दै नेबिसंघ र सिडेन ।

नेपाल बिद्यार्थी संघ अछामको पहलमा कोरोना कहरमा अछाम जिल्लामा अस्पतालमा भर्ना भएका बिरामीलाई खाजा बितरण भईरहेको छ । जिल्लाभर निशेधाज्ञा भएका बेला खाजाका लागि बिरामीसंग कुनै बिकल्प नहुदाँ नेबिसंघ अछामले दैनिक खाजा प्रदान गरिरहेको छ ।

जिल्लाको बयालपाटा अस्पतालमा भर्ना भएका बिरामी र कोरोना संक्रमित बिरामीलाई संघले खाजा बितरण गरिरहेको नेबिसंघ अछामका नेता उमेश कुवँरले बताए । नेविसंघ अछामले सेन्टर फर डिमोक्रेटिक इन्जिनियर्स (सिडेन) नेपाल अछामसंग सहकार्य गरेर स्वतफुर्त आफै पैसा संकलन गरेर बयालपाटा अस्पतालमा कोरोनाको उपचारमा रहेका बिरामीहरुलाई “पौष्टिक खाजा” वितरण गरिहरेको कुवँरले जानकारी दिए ।

अहिले त अन्य बिभिन्न बौद्धिक, सामाजिक तथा राजनितिक व्यक्तीत्वहरुबाट समेत खाजा बितरणका लागि आर्थिक सहयोग प्राप्त भईरहेको कुवँरले बताए । सबैको साथ र सहयोगले अभियानले सार्थकता पाउने बिश्वास कुवँरले गरेका छन् ।

आज “पौष्टिक खाजा” वितरण अभियानको तेश्रो दिन ४४ जनालाई खाजा दिएका छौ, कुवँरले भने यसअघि हामीले पहिलो र दोश्रो दिन गरेर ८२ जना बिरामी र उनका कुरुवालाई खाजा प्रदान गरेका छौँ । बिरामी तथा उनिहरुका आफन्तका लागि खाजाका लागि अहिले कुनै पसल खुल्ला छैनन् भएपनि कोरोनाको डरले कसैले दिन नमानेको अवस्थामा सहयोग स्वरुप खाजा बितरण गरिरहेको उनले बताए ।

अस्पतालमा उपचाररत कोरोना संक्रमितलाई प्रसस्त मात्रमा पौष्टिक खानेकुराको आवश्यक पर्ने हुदाँ यस्तो महामारीका बेला अस्पताल नजीक खानेकुरा पाउन मुस्किल छ बयालपाटा अस्पतालका मेडिकल निर्देशक डा. मन्दीप पाठकले भने उहाँहरुको अभियानले बिरामी र उनका आफन्तलाई ठुलो राहत मिलेको छ ।

नेबिसंघ र सिडेन अछामका कारण हामीले दैनिक भोक मेटाउन पाएका छौँ अस्पतालमा भर्ना भएकी एक बिरामीले भनिन् उहाँहरुको यो अभियानका लागि धेरै धेरै धन्यवाद छ । कयौँ दिन हामीले बिहान र बेलुकाको छाक मात्र खान पाएका थियौँ उनले भनिन् उहाँहरुको अभियानले बिरामी र आफुहरुलाई पनि राहात भएको छ । कुनै दिन भोकै समेत बस्नु परेको उनको भनाई थियो ।

राजनितिक दलका ठुला ठुला नेता त चुनावका बेला मात्र भोट माग्न आउछन् अरु बेला हाम्रो मतलब राख्दैनन् उनी भन्छन् नेबिसंघले गरेको यो पहल राजनितिक आस्थालाई धेरै पर राखेर गरेको परोपकारी काम हो । राजनिति गर्ने के का लागि जनताका लागि हो या आफ्ना लागि हो उनले दलका नेतालाई प्रश्न गर्दै भनेकी छन् नेबिसंघले थालनी गरेको यस अभियानको सिको अरु संघसंगठनले पनि गरुन् । नेबिसंघ बिद्यार्थी संगै हाम्रो पनि सारथी भएकोमा खुशी उनले व्यक्त गरेकी छन् ।

युवा नेता उमेश कुवँरकै योजनामा नेविसंघ अछामले खाजा बितरण अभियान थालनी गरेको थियो। अभियानको नेतृत्व जिल्ला सदस्य तथा त्रिपुरा सुन्दरी क्याम्पस श्रीकोटका स्वबियू सभापति भिम कुँवरले गरिरहेका छन्। अभियानमा नेविसंघका नेता पुष्प बिष्ट, पुर्ण बिक, सरोज शाह, गौतम कुँवर, बिमल कुँवर, हेमराज खड्का, चेतमान शाह, राजन खड्का, ललित बुढा, मीन राना, जनक राज उपाध्याय, सुशील कुंवर, हिमाल कुंवर लगायत सक्रिय छन्। अभियानमा सक्रिय रहेका सबै सदस्यहरुलाई अध्यक्ष साँउदले धन्यवाद समेत दिएका छन् ।

स्वस्फुर्त रुपमा संकलित आर्थिक सहयोगबाट संचालन भईरहेको यस अभियानलाई निरन्तरता दिन सबैलाई सहयोगका लागि नेबिसंघ अछाम र सिडेन अछामले हार्दिक अपिल गरेको खाता बितरण अभियानका अभियान्ता सेन्टर फर डेमोक्रेटिक इन्जिनियर्स नेपालका (CDEN) प्रदेश सदस्य राजन खड्काले बताए ।