मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

रोकिएका परीक्षा साउनमै सक्ने त्रिविको तयारी, नियमित परीक्षा दसैँअघि भइसक्ने

रोकिएका परीक्षा साउनमै सक्ने त्रिविको तयारी, नियमित परीक्षा दसैँअघि भइसक्ने


काठमाडौं । कोभिड १९ को दोस्रो लहर बढेसँगै त्रिभुवन विश्वविद्यालयको परीक्षाहरू स्थगित भएका थिए । निषेधाज्ञा सहज हुने वित्तिकै त्रिविले रोकिएका परीक्षा साउनभित्रै सकाउन तयारी थालेको छ । यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेका परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ ।

परीक्षा नियन्त्रक पुष्पराज जोशीकाअनुसार सुरुमा परीक्षा चल्दाचल्दै रोकिएका परीक्षाहरू सञ्चालन हुनेछन् । त्यसलगत्तै स्नातक प्रथम वर्षको परीक्षा हुने र यसका लागि दुई दिनभित्र सूचना जारी गर्न लागेको उनले जानकारी दिए ।

यस्तै, स्नाकोत्तर, वैशाखमै तालिका सार्वजनिक गरेको एलएलबी र नियमित तर्फको स्नातकको चौँथो र पाँचौ वर्षको परीक्षा दसैँअघि नै सकाउने कार्यालय जनाएको छ । यसका लागि अनलाइनबाटै फाराम भर्न मिल्ने व्यवस्था गरिएको छ भने विकसित घटनाक्रमलाई हेरेर विद्यार्थीले केन्द्र छान्न पाउने भएका छन् ।

हाल मुलुकमा कोरोनासँगै बाढी र पहिरोकाे प्रकाेप देखिएकाले समस्यामा परेका विद्यार्थीका लागि परीक्षा दिन मिल्ने वातावरण बनाइदिने नियन्त्रक जोशी बताउँछन् । स्वास्थ्य मापदण्ड पालना गरेर परीक्षा गराउन परीक्षा केन्द्र थप गरिने तथा प्रश्नपत्र कसरी पठाउने भन्नेबारे छलफल चलिरहको उनले जानकारी दिए ।