मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बुढाबाडामा खोलाले एक बालिकालाई बगायो

बुढाबाडामा खोलाले एक बालिकालाई बगायो


अछाम : जिल्लाको मंगलसेन नगरपालिका वडा न. १३ बस्तिमा पुल नहुदा स्थानीय जोखिम मोलेर खोला तर्न बाध्य भएका छन् । बस्ती र बुढाबाडाको बिचमा रहेको काडाखेती खोलामा हिउँदको समयमा खासै पानी नहुने भए पनि वर्षायाम सुरू भएपछि खोला निकै उर्लिएर आउने गरेको स्थानीयको भनाई छ ।

वारपार गर्नुपर्दा जोखिमपूर्ण तवरले आवत जावत गर्ने गरेको स्थानीयको गुनासो छ ।बर्षायाम सुरु भएपछी खेत रोप्न कामका लागि दिनहुँ खोला तर्नुपर्ने बाध्यताका कारण सो क्षेत्रका स्थानीयवासी मारमा परेका हुन्। हिजो साझ मात्र खेत रोपेर घर फर्कने क्रममा उक्त खोलाले एक बालिकालाई बगाएको थियो ।

डोटि घर भई हाल मामा घरमा बस्दै आएकी १५ बर्षिय शुसिला बमलाई खोलाले बगाएको थियो । काम गरेर साझ घर फर्कने क्रममा स्थानिय हरुले बालिकालाई बागाएको देखेपछी उद्दार गरेका हुन् । हिजो त हामी सबै भएर बालिकाको ज्यान बचाउन सफल भयौं दैनिक आवत जावत गर्नु पर्ने भएकाले अब भने कसरी जाने भन्ने चिन्ता बढेको स्थानिय टेकराज ढुंगाना बताउछन् ।

बार्षायाममा उर्लिएर आएको खोलामा दैनिक जसो मानिसहरु जोखिम मोलेरै त्यहीँ भएर खेतबारिमा जाने गरेका छन । बिगत २ दिन देखि वर्षा भैरहेकाले खोला बढ्दै जादा रातभर त त्यहीँ खुल्ला आकाशमुनी बस्न बाध्य भयौं ढुंगानाले भने । नगरपालिकाले पुल बनाई दिएको भए सहज हुने थियो उनी भन्छन् ।

सधै बर्षायाम सुरु भएपछी त्रासमै स्थानियले वारपार गर्ने गरेकाले पुल निर्माणको लागि यथास्थितिमा पहल थाल्न स्थानीयले माग गरेका छन् ।भौगोलिक विकट्ताले हेपिएका बस्ती का स्थानीयलाई नगरपालिकाले सौतेनी व्यवहार गर्न नहुने स्थानीयको भनाई छ ।

मंगलसेन नगरपालिकाबाट झण्डै एकदिनको दुरिमा रहेको वडा नम्बर १३ बस्तिमा यस्ता थुप्रै समस्याहरु स्थानीयले भोग्दै आए पनि स्थानीय सरकार भने बेखबर जस्तै बनेको छ।।