मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अखिल नेपाल महिला संघ अछामद्धारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग

अखिल नेपाल महिला संघ अछामद्धारा बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग


अछाम : अखिल नेपाल महिला संघ अछामले बयालपाटा अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । नेकपा एमालेको भातृ संगठन अखिल नेपाल महिला संघ अछामको पहलमा अस्पतालललाई स्वास्थ्य सुरक्षाका सामाग्री प्रदान गरिएको हो ।

संघले मास्क, पिपिई, हेण्ड सेनिटाईजर, सर्जिकल ग्लोभ्स लगायतका स्वास्थ्य सुरक्षाका सामाग्री अस्पताललाई प्रदान गरेको संघका केन्द्रिय सदस्य पशुपती कुवँरले सुदूरआजलाई जानकारी दिईन् ।

सुदूरपश्चिम प्रदेश सरकारका सामाजिक विकास राज्य मन्त्री मना साँउदको सहयोगमा अखिल नेपाल महिला संघ अछामले सामाग्री अस्पताललाई प्रदान गरेको नेकपा एमाले अछामका उपाध्यक्ष प्रकाश शाहले बताए ।

कोरोना महामारीका बेला अस्पतालमा खटेका स्वास्थ्यकर्मीको सुरक्षामा सहजहोस् भनेर स्वास्थ्य सामाग्री सहयोग गरिएको शाहले बताए ।