मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कमलबजार नगरपालिकाको निति तथा कार्यक्रम प्रस्तुत, ४४ करोड बराबरको बजेट पेश

कमलबजार नगरपालिकाको निति तथा कार्यक्रम प्रस्तुत, ४४ करोड बराबरको बजेट पेश


अछाम : जिल्लाको कमलबजार नगरपालिकाले आगामी आर्थीक बर्ष २०७८/०७९ को निति तथा कार्यक्रम प्रस्तुत गरेको छ । कमलबजार नगरपालिकाको समृद्धीको आधार शिक्षा स्वास्थ्य, पर्यटन र व्यापार सहितको पुर्वाधार भन्ने नारा दिएको नगरको ८ औं नगरसभामा निति तथा कार्यक्रम प्रस्तुत गरिएको छ ।

कमलबजार नगरपालिकाका नगर उप प्रमुख भुमिसरण ढकाल बजगाईले नीति तथा कार्यक्रम नगर सभाममा पेश गरिन् । व्ययभारको आधारमा कुल अनुमानित ४४ करोड बराबरको बजेट पेश भएको छ । बहुबर्षीय आयोजना तथा चालु आर्थीक बर्षका अधुरा योजनाहरुलाई सम्पन्न गर्न प्राथामिकता दिएको छ ।

नगरपालिकाले स्थानिय कच्चा पदार्थ, शिप ज्ञान र प्रबिधीको प्रयोग हुने तथा रोजगारी सृजना गर्ने आयोजनाका छनोटमा प्राथामिकता दिने निती लिएको उल्लेख गरीएको छ । नगरपालिकाले प्रस्तुत गरेको निती तथा कार्यक्रममा स्रोत्र अनुमान ब्यवस्थापन र बाडफाड अन्र्तगत आगामी आर्थीक बर्ष २०७८/०७९मा आन्तरीक आय बाट रु ३० लाख, संघिय राजस्व बाडफाड बाट रु ७ करोड ६ लाख ९ हजार, बित्तीय समानीकरण बाट रु ९ करोड २९ लाख, प्रदेश बित्तीय समानीकरण अनुदान बाट रु ६९ लाख, प्रदेश राजस्व बाडफाड बाट १६ लाख, शसर्त अनुदान बाट २५ करोड २ लाख र २०७७/०७८ को अनुमानीत मौज्दात आम्दानी रु १ करोड बजेट पेश गरीएको छ ।

आय अनुमान प्रस्ताब अनुसार ४४ करोड ८ लाख ९ हजार रहेको छ भने आर्थीक बर्षमा चालु तर्फ २६ करोड ३६ लाख ३५ हजार र पुजीगत तर्फ १७ करोड ९१ लाख ७४ हजार गरी जम्मा ४४ करोड २ लाख ९ हजार बराबरको ब्यय अनुमान गरिएको छ । यस्तै चालु तर्फको शिर्षकगत ब्यय अनुमान अन्र्तगत शर्सत अनुदान तर्फ रु १९ करोड, वडागत चालु तर्फ रु ६० लाख, नगरपालिका चालु खर्च रु ६ करोड ७६ लाख ३५ हजार प्रस्तुत गरीएको छ ।

पुजिगत तर्फको कार्यक्रमगत ब्यय अनुमान अनुमान अनर्तगत शर्सत अनुदान पुजिगत ५ करोड २७ लाख, संघिय बिशेष अनुदान ५८ लाख, वडागत पुजिगत बजेट बाडफाड ४ करोड ६९ लाख र नगरपालिका पुजिगत तर्फ ६ करोड ९४ लाख ७४ हजार रहेको छ । यस्तै प्राथामिक स्वास्थ्य केन्द्र कमलबजारमा संचालनमा रहेको आर टि पिसिआर प्रयोगशाला संचालन र व्यबस्थापनको लागी अछाम जिल्लाका सबै स्थानिय तहहरु बाट यस आर्थीक बर्षमा प्राप्त भएको आर्थीक सहयोगको लागी धन्यबाद ब्यक्त गरीएको छ ।

आगामी आर्थीक बर्षमा समेत कोभिड १९ को संक्रमणको जोखिम कायमै रहेको अवस्थामा अछाम जिल्लाका सबै स्थानिय तहहरु, स्वास्थ्य कार्यालय अछाम, बिकास साझेदारहरु संग समन्वय गरी थप सहयोग प्राप्त हुने अपेक्षा गरीएको छ । नगर उप प्रमुख द्धारा प्रस्तुत निती तथा कार्यक्रममा १५ सैयाको अस्पताल भवन निमार्ण कार्यलाई तिब्रता दिईने, प्राथामिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सकलाइ थप प्रोत्साहन प्रदान गर्ने कार्यलाई निरन्तरता दिईने उल्लेख छ ।

यस्तै कमलबजार नगरपालिकाको केन्द्र बिन्दु कमलबजारमा खानेपानीको समस्या लाई मध्येनजर गर्दै मुली र बजुडा बाट पानी लिप्टींग गरी खानेपानी सेवा प्रदान गरिने उल्लेख छ। नगर प्रमुख ओम प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि जिल्ला समन्वय समिति अछामका अध्यक्ष नर बहादुर कुँवर रहेका थिए भने कार्यक्रमको सञ्चालन नायब सुब्बा पुर्ण प्रसाद बजगाईले गरेका थिए।