मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल–चीन रेलमार्ग सगरमाथा क्षेत्र हुँदै बनाउन प्रस्ताव

नेपाल–चीन रेलमार्ग सगरमाथा क्षेत्र हुँदै बनाउन प्रस्ताव

सुदूर आज

काठमाण्डाै – प्रस्तावित नेपाल–चीन रेलमार्गको बारेमा अध्ययन गरेको प्राविधिक टोलीले सगरमाथा क्षेत्र हुँदै नेपाल–चीन रेलमार्ग सञ्चालन गर्न सुझाव दिएको छ । नेपालका लागि प्रतिक्षित रेलमार्गको परियोजनामा संलग्न एक इन्जिनियरले सगरमाथा क्षेत्र हुँदै भूमिगत सुरूङ निर्माण गरेर नेपालमा रेल लैजान सुझाव दिएको चीनबाट प्रकाशन हुने साउथ चाइना मर्निङ पोष्टले जनाएको छ ।

प्रस्तावित रेल मार्ग विभिन्न संरक्षित वन्यजन्तुको बासस्थान रहेको क्षेत्र हो । तर त्यो भाग नेपालतर्फ भने नपर्ने खबरमा उल्लेख छ । रेलमार्ग निर्माणको लागि आठ बिलियन अमेरिकी डलर लागत लाग्ने बताइएको छ । रेलवे स्टान्डर्ड डिजाइनमा गएको बुधबार प्रकाशित अध्ययन प्रतिवेदनका अनुसार रेलमार्गको ३० किलोमिटर दुरी सगरमाथा क्षेत्र हुँदै जानेछ ।

सगरमाथा क्षेत्रमा भने रेलमार्ग पूर्णरुपमा जमिनमुनि हुने जनाइएको छ । दुई देशको सीमा क्षेत्रमा विस्तार गरिने एक हजार किलोमिटरसम्मको रेल मार्गका लागि ६ रुट प्रस्ताव गरिएको छ । प्रस्तावित रुटमध्ये सगरमाथा क्षेत्र हुँदै रेलमार्ग लैजाने विषयमा बहस केन्द्रित भएको जनाइएको छ ।

अरु मार्ग निकै लामो, खर्चिलो र भौगोलिक रुपमा कठिन हुने बताइएको छ । सगरमाथा क्षेत्र हुँदै जाने रेलमार्गले नेपालको काठमाण्डाैबाट सीमावर्ती सहर गैरुङ हुँदै तिब्बतको रिकाजे सहरलाई जोड्छ । चीन र नेपालबीच दुई देशलाई जोड्ने रेल मार्ग बनाउने सम्बन्धी सन्धिमा सन् २०१६ मा हस्ताक्षर भएको थियो । यो रेलमार्ग चीनको बेल्ट एण्ड रोड इनिसियटिभ अन्तर्गतको हो ।