मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शनिबारसम्मै भारी वर्षा, पाँच प्रदेशमा खतराको घण्टी, कहाँ कति वर्षा ?

शनिबारसम्मै भारी वर्षा, पाँच प्रदेशमा खतराको घण्टी, कहाँ कति वर्षा ?


काठमाडौं । हाल देशभर मनसुनी वायुको  सक्रिय प्रभाव रहेको छ । हाल देशको तराई भूभाग नजिक  मनसुनी न्युन चापिय रेखा रहेको छ ।

हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। प्रदेश १, प्रदेश २, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरुमा  हल्कादेखि मध्यम वर्षा भई एक–दुई स्थानमा मेघगर्जन– चट्याङ्गसहित भारी वर्षा  भइरहेको छ ।

बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भईरहेको छ। कर्णाली र सुदूरपश्चिमका केही स्थानमा मात्र भारी वर्षा भएको छ । अन्य स्थानमा फाटफुट वर्षा भएको छ ।

कर्णाली र सुदूरपश्चिममा फाटफुट वर्षा भए पनि सक्रिय हुने सम्भावना कमै रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिइन् ।