मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोना खोपका लागि नेपालसहित ५१ देशलाई विश्व बैंकले छुट्यायो ४ अर्ब डलर

कोरोना खोपका लागि नेपालसहित ५१ देशलाई विश्व बैंकले छुट्यायो ४ अर्ब डलर


काठमाडौं- नेपालसहित ५१ वटा मुलुकमा कोभिड खोपका लागि विश्व बैंकले ४ अर्ब डलर बजेट विनियोजन गरेको छ। सोमध्ये आधा रकम अन्तर्राष्ट्रिय विकास संघबाट जुटाइने विश्व बैंकले जानकारी दिएको छ।

‘विश्व बैंकले खोप खरिदका लागि विश्वका हरेक क्षेत्रका विकासोन्मुख देशहरूलाई सहयोग गरिरहेको छ,’ विश्व बैंकका सञ्चालन निर्देशक एक्सेल भ्यान ट्रोटसेनबर्गले भने।

‘खोप कूटनीतिसम्बन्धी महत्वपूर्ण चुनौतिहरू अझै बाँकी छन्’ उनले भनेका छन्, ‘हामी यी चुनौतीहरूको सामना गर्न सबै मोर्चामा कारबाही गर्दैछौं। सकेसम्म धेरै व्यक्तिलाई खोप चाँडो पुर्‍याउन, निगरानी, तत्परताका साथ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय साझेदारहरूसँग मिलेर काम गर्दैछौं।’

विश्व बैंकले विभिन्न मुलुकका सरकार, विभिन्न औषधि कम्पनी र खोप खरिद तथा वितरणमा संलग्न संस्थालाई पारदर्शिता बढाउन आग्रह गरेको छ। त्यस्तै खोप सम्झौताहरू सार्वजनिक गर्न विश्व बैंकले आग्रह गरेको छ।
कोभिड १९ महामारीको थालनी भएदेखि विश्व बैंकले महामारीविरुद्ध लड्न १४० अर्ब डलरभन्दा बढी खर्च अनुमोदन गरिसकेको छ।

विश्व बैंकले अफगानिस्तान, बंगलादेश, बेनिन, क्याबोबर्डे, कम्बोडिया, कोमरोस, रिपलिब्क अफ कंगो, कोटे डि आइवर, डेमोक्रेटिक रिपब्लिक कंगो, इक्वेडर, एल साल्भाडोर, इस्वातिनी, इथियोपिया, गाम्बिया, जर्जिया, घानालगायतका अफ्रिकी मुलुकका लागि बजेट विनियोजन गरेको छ।

त्यस्तै गिनी, गिनी बिसौ, होन्डुरस, इन्डोनेसिया, जोर्डन, केन्या, कोसोभो, किर्गिज रिपब्लिक, लाओ पीडीआर, लेबनान, लेसोथो, मडागास्कर, मलावी, मोल्डोभा, मंगोलिया, मोजाम्बिक, नेपाल, नाइजर, पाकिस्तान, पपुआ न्युगिनी, फिलिपिन्स, रुवाण्डा, साओ तोमे ई प्रिन्सेप, सेनेगल, सियरा लियोन, दक्षिण सुडान, श्रीलंका, सुडान, ताजिकिस्तान, टोगो, ट्युनिसिया, युक्रेन, यमन र जाम्बियाका लागि उक्त बजेट विनियोजन गरिएको विश्व बैंकले जनाएको छ।