मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सामाग्री बितरण

कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य सुरक्षा सामाग्री बितरण


अछाम : कोभिड १९ कोरोना भाईरसको जोखिमलाई मध्यनजर गर्दै स्वास्थ्य शुरक्षाका सामाग्रीहरु बितरण गरीएको छ । बड्डी अछाम मिडिया प्रा. ली. द्धारा संचालित रेडियो कमलबजार र ईलाका प्रहरी कार्यालय कमलबजारलाई स्वास्थ्य शुरक्षाका सामाग्रीहरु बितरण गरीएको हो ।

मर्सिकोर नेपाल र युके एडको सहकार्यमा स्थानिय संस्था वाक नेपालको भकारी कार्य क्षेत्रमा रहेका प्रहरी कार्यालय, स्थानिय एफ.एम रेडियो लगायत लाई प्राथामीकतामा राख्दै ह्यान्ड सेनिटाईजर र फेस मास्क बितरण गरिएको बताइएको छ । प्राय: शुरक्षाकर्मी तथा संचारकर्मी कोभिड १९ को उच्च जोखिममा हुने भएकाले केही हद सम्म भएपनि सहज होस भनेर स्वास्थ्य शुरक्षाका सामाग्रीहरु प्रदान गरीएको मर्सिकोर नेपाल, भकारी कार्यक्रमका जिल्ला संयोजक प्रेम बिकले बताए ।

बिकका अनुसार ईलाका प्रहरी कार्यालय कमलबजार लाई ५०० एम.एलका ६० बोतल ह्यान्ड सेनिटाईजर र १० प्याकेट फेस मास्क दिइएको छ भने रेडियो कमलबजार लाई २५ बोतल ह्यान्ड सेनिटाईजर र ५ प्याकेट फेस मास्क उपलब्ध गराईएको छ । कुल १९ हजार ३ सँय ५० रुपैया बराबरका स्वास्थ्य शुरक्षाका सामाग्रीहरु बितरण गरीएको पनि बिकले जानकारी दिए ।

सामाग्री बितरण कार्यक्रममा भकारी कार्यक्रम जिल्ला संयोजक मनोज बिक्रम सिंह, जे.सी.अधिकृत सरिता बिष्ट, पत्रकार महासंघ जिल्ला कार्य समिती सदस्य एवंम् रेडियो कमलबजारका प्रतिनिधी सुबाश अधिकारी, ईलाका प्रहरी कार्यालय कमलबजारका हवल्दार घनश्याम जैशी लगायतको उपस्थिती रहेको थियो ।