मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अव्यवस्थित सडक निर्माणले पुल्लेताेलाकाे एक गाउँनै पहिराेकाे उच्च जाेखिममा

अव्यवस्थित सडक निर्माणले पुल्लेताेलाकाे एक गाउँनै पहिराेकाे उच्च जाेखिममा

रामाराेशन पर्यटन मार्ग - अव्यवस्थित निर्माणले पुल्लेताेलाका २ सय नागरिक विस्थापित हुन सक्ने


रामाराेशन पर्यटन मार्ग – अव्यवस्थित निर्माणले पुल्लेताेलाका २ सय नागरिक विस्थापित हुन सक्ने

अछाम: जिल्लाकाे पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ७ पुल्लेतोलामा अव्यवस्थित सडक विस्तारले एक टाेलनै पहिराेकाे उच्च जाेखिममा परेको छ ।

रामाराेशन पर्यटन सडक मार्ग निर्माणका क्रममा प्राविधिक स्टमेट बिनै सडक विस्तार गरिन थालेपछि पुल्लेताेलाकाे रजाङ्गे टाेल पहिराेकाे उच्च जाेखिममा रहेकाे हाे ।

असार २१ गते परेकाे अविरल बर्षाका कारण करिब २ सय मिटर सडक भत्किएर पहिरो लागेपछि उक्त टोलका २० घरधुरीका २ सय जना नागरिक त्रसित बनेका छन ।

अव्यवस्थित सडक निर्माणले निम्तिएकाे समस्या समाधानका लागि कित बस्ति स्थानान्तरण गर्नु पर्ने कित पहिरो नियन्त्रणका लागि अावश्यक तटबन्ध तथा अन्य सुरक्षाका उपाय अवलम्बन गर्नु पर्ने स्थानीय प्रेम बिककाे भनाई छ ।

पर्यटनकाे अथाह सम्भावना बाेकेकाे अछामको रामाराेशन जाेड्ने सडक सबैका लागि अावश्यक भएकाले व्यवस्थित सडक निर्माणका लागि यस क्षेत्रका स्थानीयले सरकारको ध्यानाकर्षण गराएको पत्रकार महासंघ अछामका सदस्य तथा स्थानीय सुशील बटालाले सुदूरआज लाई जानकारी दिए ।