मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आस्था नेपालद्वारा शैक्षिक तथा स्वास्थका सामग्री बितरण

आस्था नेपालद्वारा शैक्षिक तथा स्वास्थका सामग्री बितरण


अछाम : आस्था नेपालले शैक्षिक तथा स्वास्थका सामग्री बितरण कार्यक्रम सम्पन्न गरेको छ । वर्ल्ड भिजन इन्टरनेस्नल नेपाल र आस्था नेपालको आर्थिक सहयोगमा नेपाल कोभर परियोजना दोस्रो चरण अन्तर्गत कार्य क्षेत्र पन्चदेवल बिनायक र कमलबजार नगरपालिकाका विभिन्न वडामा सामग्री वितरण गरिएको हो।

बिनायक १ कुइका मा ७७ जना, बिनायक २ बिनायकमा ७७ जना, बिनायक ३ बिनायकमा ९३ जना, बिनायक ४ कालिका स्थानमा १२० जना , बिनायक ६ तोलिमा १२५ र बिनायक ७ पुल्लेतोला मा १११ जना र कमलबजार नगरपालिका वडा न २ बजुडामा ८३ जना,३ बयालामा ५१ जना र ४ चाल्सामा १६० जना र ५ कुइका १०० जना र १० वटा वडा का प्ररम्भिक बाल बिकास कक्षा, कक्षा १, कक्षा २ र कक्षा ३ का गरि जम्मा ९९७ जना (आर सि) तथा अति बिपन्न परिवारका जोखिममा रहेका बालबालिकाहरुलाइ सिकाइका सामग्रीहरु वितरण गरिएको हो।

स्वअध्यन पुस्तक, कपि, पेन्सिल, इरेजर, साइनपेन र सार्पनर बितरण गरिएको छ । साथै उक्त 10 वटा वडाका स्वास्थ चौकिहरुलाई स्वास्थ सरसफाइका सामग्रीहरु पनि बितरण गरिएको छ । उक्त सामाग्री बितारण कार्यक्रममा वडाका वडाध्यक्ष जनप्रतिनिधि स्वास्थ चौकीका इन्चार्ज लगायत समाजसेबि बुद्दिजिबिको सहभागिता रहेको थियो ।

कोभिड 19 का कारण बन्दा बन्दिका बेला बिद्यालयहरु बन्द हुदा बालबालिकाहरुले घरमै बसेर स्वअध्यन गर्न सकुन शैक्षिक ज्ञान, सिप सिकुन तथा स्वास्थ चौकिमा उपचार गर्न आउँदा कोरोना संक्रमित, कोरोना प्रभावित, होम क्वारेन्टाइनमा बसेका बालबालिका तथा तिनका परिवारलाई स्वास्थ सरसफाइका मापदण्ड अपनाउन स्वस्थ रहुन भन्ने उदेश्यले सामग्री वितरण गरिएको थियो।

कार्य क्षेत्रका प्ररम्भिक बाल बिकास देखि कक्षा ३ सम्मका ९सय ९७ जना कार्यक्रममा दर्ता गरिएका तथा आर्थिक अबस्था कमजोर परिवारका अतिबिपन्न,असाहय,अपाङ्ग, टुहुरा अनाथ तथा अति जोखिममा रहेका बालबालिकाहरुलाइ शैक्षिक सामग्री र १० वटा स्वास्थ चौकिलाइ स्वास्थका सामग्री सहयोग गरिएको आस्था नेपालका फिल्ड आधिकृत कुल बहादुर रावतले जानकारी दिए ।