मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

तुर्माखाँदमा पालिका स्तरिय अस्थायी तथा करार कर्मचारी हकहित मञ्च गठन

तुर्माखाँदमा पालिका स्तरिय अस्थायी तथा करार कर्मचारी हकहित मञ्च गठन


अछाम । जिल्लाको तुर्माखाँद गाँउपालिका स्थानिय तह अस्थायी तथा करार कर्मचारी हक हित मञ्च गठन गरिएको छ । पालिकाका कर्मचारी कमल बुढाको अध्यक्षतामा १३ सदस्यि पालिका स्तरिय हक हित मञ्च गठन गरिएको हो ।

पालिकामा कार्यरत अस्थायी तथा करार कर्मचारीहरुका हक हितका बिषयमा वकालत तथा पैरवी गर्नका लागि मञ्चको तर्दथ समिती गठन गरिएको तर्दथ समितीका अध्यक्ष कमल बुढाले बताए ।

जसको उपाध्यक्षमा नरेन्द्र बहादुर शाही, सचिवमा नवराज बिसी, कोषाध्यक्षमा कृष्णा कुमारी बिसी, सहसचिवमा जनक बहादुर रावत, सदस्यमा रञ्जना बुढा लगायत रहेका छन् ।

बिहिबार पालिकाका अस्थायी तथा करार कर्मचारीहरुको भेलाले सल्लाहकार समिती समेत गठन गरेको छ । भिम बहादुर चलाउने संयोजक रहने गरी ५ सदस्यि सल्लाहकार समिती गठन गरिएको हो ।

यस्तै भेलाले सुदूरपश्चिम प्रदेश स्तरिय अस्थाी तथा करार कर्मचारीहरुको डडेलधुरामा हुने भेलामा सहभागी हुन ४ जना सदस्य पनि छनोट गरेको छ ।

जसमा तर्दथ समिती अध्यक्ष कमल बुढा, सचिव नमराज बिसी, कोषाध्यक्ष कृष्णा कुमारी बिसी र सदस्य रञ्जना बुढा रहेका छन् ।

प्रदेश भेला बाट सहभागी फर्केपछि अर्को बैठक गरेर भेलाले गरेका निर्णय सार्वजनिक गर्ने तथा निर्णय कार्यान्यवनका लागि पहल गर्ने लगायतका निर्णय गरिएको अध्यक्ष बुढाले सुदुरआजलाई बताए ।