मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सुझाव दिन समिति गठन

गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सुझाव दिन समिति गठन


काठमाडौं- स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले धनगढीस्थित गेटा मेडिकल कलेज सञ्चालनका लागि आवश्यक सुझाव दिन समिति गठन गरेको छ।

स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठले चेतराज पन्तको संयोजकत्वमा समिति गठन गरेका हुन्।

समितिको सदस्यमा डा शेखरबाबु रिजाल, डा जीवन क्षेत्री, डा दिलिप शर्मा, डा मुकुन्द जोशी, डा हरी लम्साल, डा प्रमोद जोशी, डा हेमराज पनेरु, डा पदमबहादुर चन्द र डा सुदेश कायस्थ छन्।

यसका साथै समितिमा कानून मन्त्रालयका सहसचिव र योजना आयोगका सहसचिव पनि सदस्य छन्।

सदस्य सचिवमा स्वास्थ्य मन्त्रालयका सहसचिव डा मदन उपाध्याय छन्।