मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

दसैँको अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खोल्ने तयारी

दसैँको अग्रिम टिकट बुकिङ असोज दोस्रो सातादेखि खोल्ने तयारी


काठमाडौं । यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच छलफल सुरु भएको छ । दसैँ नजिकिँदै गर्दा अग्रिम टिकट बुकिङबारे छलफल सुरु भएको हो ।

विभागका प्रवक्ता लोकनाथ भुसालका अनुसार असोजको दोस्रो सातादेखि अग्रिम टिकट बुकिङ खोल्ने तयारी छ । ‘‘अहिले यातायात व्यवसायी र विभागबीच छलफल भइरहेको छ । कहिलेदेखि खुलाउने भनेर औपचारिक निर्यण भइसकेको छैन,” उनले भने ।

विभागका अनुसार औपचारिक निर्णय भोलि वा पर्सि (बिहीबार) सार्वजनिक गरिनेछ ।