मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुटु रोग लाग्नुअघि नै सर्तकता अपनाऔँ : डा. भगवान कोइराला

मुटु रोग लाग्नुअघि नै सर्तकता अपनाऔँ : डा. भगवान कोइराला


काठमाण्डाै – विश्व मुटु दिवसका अवसरमा आज बुधवार भक्तपुरमा भएको शिविरमा झन्डै चार सय जनाको मुटुसम्बन्धी परीक्षण गरिएको छ । साथै शिविरमा ५० जनाको दन्त परीक्षण भएको छ । 

शिविर उद्घाटन गर्दै नेपाल मेडिकल काउन्सिलका अध्यक्ष वरिष्ठ मुटु रोग विशेषज्ञ डा. भगवान कोइरालाले मुटु रोगका कारण देशभर बर्सेनि ३० हजार जनाकाे ज्यान जाने गरेको जानकारी दिँदै मुटु रोग लाग्न नदिन खानपान तथा जीवनशैली परिवर्तन गर्न आग्रह गर्नुभएको छ । 

उहाँले रोग लागेर उपचार गर्न जानुभन्दा पहिले नै सचेत हुन सके आफ्नो स्वास्थ्यलाई सुरक्षित राख्न सकिने बताउनुभयो । 

लायन्स क्लब अफ काठमाण्डौ लर्डबुद्धको आयोजना र मनमोहन कार्डियाथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ठ सेन्टर तथा नेपाल कोरिया मैत्री अस्पतालको प्राविधिक सहयोगमा आर्दश उच्च मावि लायकु मध्यपुर थिमी ४ मा जनचेतनामूलक कार्यक्रम तथा मुटु तथा दन्त शिविर गरिएको हो ।