मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ

सँगै सुतेकी श्रीमतीको शङ्कास्पद मृत्यु, श्रीमान् पक्राउ


रुकुम पश्चिम – रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका –९ झुलामा एक महिलाको रहस्यमय मृत्यु भएको छ । शुक्रबार राति करिब १० बजे २६ वर्षीया कमला खनाल आफ्नै कोठामा झुण्डिएको अवस्थामा फेला परेको बताइएको छ ।

परिवारका अरु सदस्यहरु भान्सामा रहेको र श्रीमान् श्रीमती एउटै कोठामा रहेको बेला श्रीमती झुण्डिएको अवस्थामा फेला परेकी हुन् । कमला आफ्नै बर्को (सल)ले झुण्डिएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

परिवारका अन्य सदस्यहरुले कमलाका श्रीमान् २५ वर्षका दीपक खनाललाई आशंका गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार घटनास्थलमै पुगेर घटनाको अनुसन्धान सुरु गरिएको छ ।

आशंका गरिएका कमलाका श्रीमान् दीपक पनि प्रहरीकै नियन्त्रणमा रहेको र पोष्टमार्टम पछि मात्रै थप कुरा आउने प्रहरी निरीक्षक शर्माले बताउनुभयो ।