मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोभिड खोप सम्बन्धि पालिका स्तरीय समिक्षा कमलबजारमा सम्पन्न

कोभिड खोप सम्बन्धि पालिका स्तरीय समिक्षा कमलबजारमा सम्पन्न



अछाम । कोभिड १९ बिरुद्धको खोप कार्यक्रमको प्रगति र आगामि कार्ययोजना सम्बन्धी पालिका स्तरीय समिक्षा बैठक कमलबजार नगरपालिकामा सम्पन्न भएको छ।

कमलबजार नगरपालिकामा भएका हालसम्मको कोभिड १९ बिरुद्धको खोप अभियानको प्रगति संचालन प्रक्रिया र प्रतिबेदनको अबस्थाबारे जानकारी तथा छलफल गर्न समिक्षाको आयोजना गरिएको थियो।

आगामि दिनमा कोभिड १९ बिरुद्ध खोप अभियानको द्रुतगतिमा रणनितिको बारेमा छलफल, कोभिड १९ बिरुद्धको खोप अभियान तथा पूर्ण खोप सुनिश्चतता, प्रदेशको बारेमा छलफल गरी कार्य योजना बनाउने लगायतकाबिसयमा छलफल गरिएको थियो।

कमलबजार नगरपालिका नगरप्रमुख ओम प्रकाश बिष्टको अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नगर उपप्रमुख भुमिसरण ढकाल रहेकी थिइन ।

कार्यक्रममा कमलबजार नगरपालिका निमित्त प्रमुख प्रसासकिय अधिकृत खड्क बहादुर बिष्ट, वडा नं १ का वडा अध्यक्ष तेज बहादुर बिष्ट, वडा नं ६ का अदध्यक्ष राम बहादुर शाह कमलबजार नगरपालिकाका १० वटै वडाका स्वास्थ्यकर्मी बिभिन्न संघसंस्थाका प्रतिनिधि सुआहाराका प्रतिनिधि पत्रकार लगाएतको सहभागितब रहेको थियो।

जिल्ला स्वास्थ्य कायालयका अछामका जनस्वास्थ्य अधिकृत झनकराज ढुंगानाले देशमा ओमीक्रोनको संक्रमण दिनानु दिन तिब्र गतिले बढिरहेकोले स्वास्थ्यकर्मिहरुले महत्वपूर्ण भुमिका खेलनु पर्ने बताए।

कोरोना बिरुद्धको खोप लगाउनेमा अछामका १० वटा पालिका भन्दा कमलबजार नगरपालिका अगाडि देखिएको छ। USAID सुआहाराको आर्थिक सहयोग कमलबजार नगरपालिकाको समन्वयमा भएको कार्यक्रमको संञ्चालन कमलबजार प्राथमिक स्वास्थ्य शाखाका हेल्थ असिस्टन टेब बहादुुर बिष्टले गरेका थिए ।