मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीमा बैठकमा नेपालले उठायो धार्चुला क्षेत्रमा बनिरहेको तटबन्धको कुरा

सीमा बैठकमा नेपालले उठायो धार्चुला क्षेत्रमा बनिरहेको तटबन्धको कुरा


दार्चुला । नेपाल–भारतका अधिकारीबीचको सीमा समन्वय बैठक सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय दार्चुलाको आयोजनामा दार्चुला, बैतडी र भारतको पिथौरागढका अधिकारीबीचको बैठक सम्पन्न भएको हो । 

कोरोना महामारीलाई दृष्टिगत गरेर भर्चुअल माध्यमबाट बैठकको आयोजना गरिएको थियो । बैठकमा नेपालको तर्फबाट मुख्य चार वटा एजेण्डाहरु राखिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले बताए । 

उनका अनुसार नेपालले सीमा बैठकमा भारतले दुई देशीय सहमति र अन्तर्राष्ट्रिय मान्यता विपरित दार्चुला सदरमुकाम खलंगापारि धार्चुला क्षेत्रमा निर्माण गरिरहेको पक्की तटबन्ध, नेपाल–भारत जोड्ने मोटरेवल पुल, भारतीय बजारमा नेपाली मुद्राको अवमूल्यन र सीमा पुलहरु खोल्ने विषयमा नेपालको तर्फबाट एजेण्डा राखिएको छ ।

भारतीय पक्षले भने १४ फेब्रअरीमा हुने विधानसभा निर्वाचनको सीमा सुरक्षा व्यवस्थाप, सीमा समन्वयलगायत विषयमा एजेण्डा राखेको थियो ।