मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कतै बच्चालाई क्यान्सर त भएको छैन ?

कतै बच्चालाई क्यान्सर त भएको छैन ?


काठमाडौं । सरकारले बालबालिकामा क्यान्सर भएको हुनसक्ने भन्दै सचेत हुन आग्रह गरेको छ । बालबालिकामा देखिने क्यान्सर जति चाँडो पहिचान भयो त्यति चाँडो उपचार हुनेभन्दै अभिभाकलाई समयमै ध्यान दिन आग्रह गरेको हो । 

बालबालिकामा ल्युकेमिया (रक्त क्यान्सर), मस्तिष्कको क्यान्सर, लिम्फोमा, न्यूरोब्लास्टोमा, विल्म्स् ट्युमर जस्ता क्यान्सर देखिन सक्ने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । 

“बालबालिकामा हुने क्यान्सर नियन्त्रणको एकमात्र उपाय लक्षण देखिनेबित्तिकै यसको पहिचान गर्ने र तुरुन्तै उपचार गर्ने नै हो,” स्वास्थ्य मन्त्रालयले भनेको छ, “समयमै पत्ता लगाएर उपचार गरे ९० प्रतिशतभन्दा बढी बालबालिकामा हुने क्यान्सर निको हुन्छ ।” 

बालबालिकामा हुने क्यान्सरको उपचार सरकारी अस्पतालहरुमा सहुलियतसहित कम खर्चमा गर्ने व्यवस्था रहेको पनि मन्त्रालयले जनाएको छ ।

पछिल्लो समय रेडिमेट खानपान, प्रदूषित वातावरणलगायत कारण बालबालिकामा क्यान्सरको उच्च जोखिम हुने गरेको छ ।