मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ठाँटी बालमैत्री स्थानीय शासन वडा घोषणाको अन्तिम तयारीमा

ठाँटी बालमैत्री स्थानीय शासन वडा घोषणाको अन्तिम तयारीमा


अछाम : जिल्लाको मेल्लेख गाउँपालिका वडा नम्बर ३ ठाटी बालमैत्री स्थानीय शासन वडा घोषणा हुने भएको छ । ठाँटी बालमैत्री स्थानीय शासन वडा घोषणाको अन्तिम तयारीमा रहेको आस्था नेपालका जिल्ला संयोजक रुपक बहादुर चन्दले जानकारी दिए ।

घोषणाका लागी जिल्ला स्तरिय अनुगमन टोलीले हिजो वडाको अनुगमन गरेको चन्दले बताए । जिल्ला समन्वयन समितिका प्रमुख नरबहादुर कुँवरको नेतृत्वमा गएको टोलीले वडाको अवस्थाबारे अनुगमन गरेको हो ।

अनुगमनका क्रममा आयोजित कार्यक्रमका प्रमुख अतिथि समन्वय सििमत प्रमुख कुवरले सामाजिक रुपान्तरणका लागी निकै महत्वपुर्ण र ठुलो कामलाई परिणाम दिन थालेको भन्दै सफलताको सुभकामना दिए । उनले अनुगमन पश्चात तयार प्रतिबेदनका आधार वडा घोषणाका लागी परिपत्र गर्ने बताए ।

उनले धेरै सुचकहरु वडाले पुरा गरेको र केहि सुचक कार्यान्वयनको अवस्था रहेको भन्दै घोषणामा मात्र सिमित नराख्न सुझाब दिए । वडा घोषणाका लागी बल्ड भिजनको साझेदारीमा आस्था नेपालले सहयोग गरिरहेको छ ।

बालमैत्री स्थानीय शासन वडा घोषणाका लागी ३९ वटा सुचक वडाहरुले पुरा गर्नुपर्दछ । वडाले बाँच्न पाउने अधिकारका १०,संरक्षणको अधिकारको ५,बालबिकासको अधिकारको ६,बाल सहभागिताको अधिकारको ६ र सस्थागत बिकास सम्बन्धी १२ वटा सुचकहरु पुरा गरेपछि वडालाई स्थानीय बालमैत्री घोषणा गरिने प्रकृया रहेको आस्था नेपालका बाल संरक्षण अधिकृत भ्वान सिह सार्कीले बताए ।

अनुगमन टोलिमा समन्वय समितिका निमित्त प्रमुख उमाकान्त जोशी, जिल्ला स्वास्थ्य कार्यालयका शम्भु नारायण पन्त, खानेपानी तथा सरसफाई कार्यालयका शिब आचार्य, शिक्षा विकास तथा सामाजिक विकास कार्यालयका कृष्ण प्रसाद उपाध्याय, आस्था नेपालका जिल्ला प्रवन्धक रुपक चन्द, वर्ल्ड भिजनका प्रतिनिधि मंगल शाह,पत्रकार महासंघ अछामका उपाध्यक्ष गीता कँुवर, आस्था नेपालका कार्यक्रम अधिकृत भीम बहादुर खत्री, आस्था नेपालका कार्यक्रम अनुगमन अधिकृत हर्क खड्का लगायतको सहभागीता रहेको थियो ।

वडानम्वर ३ ठाँटीका वडाअध्यक्ष तथा बालमैत्री स्थानीय शासन वडा समितिका संयोजक केशर बहादुर शाहको अध्यक्षतामा भएको कार्यक्रममा मेल्लेख गाउँपालिका सामाजिक बिकास शाखा तथा वडा नम्बर ६ को वडाध्यक्ष नरपति रावल र ठाटी स्वास्थ चौकी प्रमुख नरेन्द्र बहादुर शाहले वडाको अवस्थाको बारेमा जानकारी गराएका थिए । कार्यक्रमको सञ्चालन वडा सचिब गोबिन्द रावलले गरेका हुन्।