मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धेश्वरमा सञ्चालित निर्माधिन योजनाहरुको अनुगमन

सिद्धेश्वरमा सञ्चालित निर्माधिन योजनाहरुको अनुगमन


अछाम । जिल्लाको साँफेबगर नगरपालिका वडा नम्बर ३ सिद्ेश्वरमा सञ्चालित निर्माधिन योजनाहरुको अनुगमन गरिएको छ । वडाबाट बिनियोजित बजेट मार्फत निर्माधिन अवस्थामा रहेका योजनाहरुको आज अनुगमन गरिएको छ । वडाका सञ्चालित ६० हजारको सुगरखाल खानेपानी मर्मत,५० हजारको रसकाडा खानेपानी मर्मत र ४० हजारको सुगरखाल तल्लो पटकानी योजनाको अनुगमन गरिएको हो ।अनुगमनका क्रममा वडाध्यक्ष बुढाले अपनत्वको भावना राखि स्टेमेट अनुसारको गुणस्तरिय काम गर्न उपभोक्ता समिति तथा स्थानीयहरुलाई आग्रह गर्नु भयो । अनुगमनमा वडा अध्यक्ष कृष्ण बुढा,वडा सदस्य बलबहादुर कुँवर,वडा प्राबिधिकका संगीत कुँवर लगायत पत्रकारको सहभागीता रहेको थियो ।