मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सिद्धेश्वरका बिपन्न समुदायका दुई परिवारलाई खाद्यान्न बितरण

सिद्धेश्वरका बिपन्न समुदायका दुई परिवारलाई खाद्यान्न बितरण


अछाम । साँफेबगर नगरपालिका ३ सिद्धेश्वरमा बिपन्न समुदायका दुई परिवारलाई खाद्यान्न बितरण गरिएको छ । आर्थिक अवस्था कमजोर रहेका तुली सुनार र मृतक दाने भुलको परिवारलाई खाद्यन्न बितरण गरिएको हो । तुली सुनारको परिवारलाई ७ हजारको खाद्यन्न र मृतक दाने भुलको परिवारलाई ३ हजार ८ सयको खाद्यान्न बितरण गरिएको वडाध्यक्ष बुढाले जानकारी दिए । वडामा बिकास निमार्णको कामका साथै बिपन्न समुदायको अवस्थाको बारेमा समेत अनुगमन हुदै आएको उनले बताए । उनीहरुको आवश्यकताको आधारमा वडाको अति बिपन्न बर्ग कोषबाट राहत बितरण गर्दे आएको वडाध्यक्ष बुढाले जानकारी दिए।