मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

युवाहरुलाई सहयोग गर्न तत्पर छु : अध्यक्ष खड्का

युवाहरुलाई सहयोग गर्न तत्पर छु : अध्यक्ष खड्का


बान्नीगढीमा नमूना युवा संसदीय अभ्याँस

अछामः पालिका स्तरिय नमूना युवा संसद जिल्लाको बान्नीगढी जयगढ गाउँपालिकामा सम्पन्न भएको छ । यहि माघ २६ देखी गाउँपालिकामा सुरु भएको नमूना युवा संसदको शनिबार समापन गरिएको हो ।

बान्नीगढी जयगढ गाउँपालिकाको आयोजना तथा जिल्ला युवा समिति अछामको सहजिकरणमा भएको नमूना युवा संसदको समापन कार्यक्रममा वडानम्वर २ का अध्यक्ष नेत्र साउदले अध्यक्षता गरेका थिए भने गाउँपालिका अध्यक्ष राजेन्द्र बहादुर खड्का प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै अध्यक्ष खड्काले युवाहरुका निम्ति युवा स्वरोजगार लगायत विभिन्न कार्यमा सहयोग गर्न गाउँपालिका तयार रहेको बताए । राष्ट्रिय युवा परिषद केन्द्र, प्रदेश र जिल्ला सम्म आइपुग्दा बान्नीगढी जयगढ गाउँपालिकामा स्वागत गर्न कुनै कन्जुसाइ नगरेको उल्लेख गरे ।

आर्थिक अवस्था कम्जोर भएका युवा बिद्यार्थीका लागि गाउँपालिकाले सहयोग गर्दै आइरहेको बताउदै आफ्नै ठाउमा स्वरोजगार बन्न चाहाने युवाहरूलाई युवा उधमी सहुलियत कर्जा समेतको व्यवस्था गरेको बताए ।

कार्यक्रमका अन्य अतिथिमा राष्ट्रिय युवा परिशद अछामका अध्यक्ष लिलाराज केशि, बान्नीगढी जयगढ गाउँपालिकाका लेखा प्रमुख नारद प्रसाद खनाल, सूचना प्रविधि अधिकृत रिन्कु कुमार लगायत रहेका थिए । नमूना युवा संसदका सहभागीको तर्फबाट पुजा शाह र बिक्रम साउद्ले मन्तव्य राखे ।

कार्यक्रममा प्रमुख अतिथि खड्का लगायत अन्य अतिथिहरुले सहभागीलाई प्रमाणपत्र हस्तान्तरण गर्नुभएको समापन कार्यक्रमको संचालन स्वास्थ शाखाका वसन्त राज जोशीले गरेका थिए ।

४ दिनसम्म नमूनाको रुपमा संसदिय अभ्याँस गरेका सहभागी युवाहरुको सो कार्यक्रमबाट गाउँपालिका स्तरिय ११ सदस्यीय युवा संजाल गठन गरिएको छ । जसको अध्यक्षमा अध्यक्ष पुजा शाह, उपाध्यक्षमा विशाल कुवर, सचीवमा बिक्रम साउद र कोषाध्यक्षमा अन्जु रावल लगायत अरु सदस्य रहनुभएको देवेन्द्र थापाले जानकारी दिए ।