मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कांग्रेस अछामको जिल्ला अधिबेशन भोली, सभापतीका लागि ३ जनाको दाबी

कांग्रेस अछामको जिल्ला अधिबेशन भोली, सभापतीका लागि ३ जनाको दाबी


अछाम । नेपाली कांग्रेस अछामको जिल्ला अधिबेशन शुक्रबारबाट सुरु हुने भएको छ । बिबिध कारणले हुन नसकी रोकिएको नेपाली कांग्रेस अछामको ७ औँ जिल्ला अधिबेशन भोली जिल्ला सदरमुकाम मंगलसेनमा सुरु हुने भएको हो ।

जिल्ला अधिबेशनका लागि अछामको सबै तहका नेता कार्यकर्ता तथा क्षेत्रिय प्रतिनिधीहरु भन्ने जिल्ला पुग्ने क्रम जारी रहेको छ । कांग्रेस अछामको सभापती पदलाई मुख्य चाँसोको रुपमा हेरिएको छ । जिल्ला अधिबेशनमा ३ जनाको सभापती पदमा उम्मेद्धारी रहने निश्चित प्राय जस्तै छ ।

वर्तमान सभापती भरत कुमार स्वाँर, पूर्व पार्टी सभापती पुष्प बहादुर शाह र नेपाल बिद्यार्थी संघ अछामका पूर्व अध्यक्ष समेत रहेका कांग्रेस महासमिती सदस्य राजन कुवँर चुनावी प्रतिष्पर्धामा उत्रिएका छन् । ३ जनाले आ आफ्ना चुनावी एजेण्डा सहित आफुलाई जित्ने दाबी गरिरहेका छन् । स्वाँर र शाह संस्थापन पक्ष निकट हुन् भने र कुवँर ईतर निकट छन् ।

यस्तै उपसभापती २ पदका लागि ६ जनाले दावी गरेका छन् । क्षेत्र नं. १ बाट पूर्व जिल्ला सचिव टेक बहादुर साँउद, मेल्लेख गाँउपालिका उपाध्यक्ष धन बहादुर शाही र किसान संघ अछामका अध्यक्ष ललित कुवँर र क्षेत्र नं. २ बाट वर्तमान उपसभापती नयाँराम बजगाँई, युवा नेता चन्द्र प्रसाद ढुंगाना र पूर्व जिल्ला सचिव बिर बहादुर शाही रहेका छन् ।

जिल्ला सचिव २ पदका लागि पनि दुबै क्षेत्रगरी ८ जनाको उम्मेद्धारी रहेको छ । क्षेत्र नं. २ बाट वर्तमान सहसचिव एवंम प्रवक्ता बेद प्रकाश तिमिल्सैना, प्रकाश साँउद, अलिन बिष्ट, सुरत बुढथापा र बम स्वाँर आकांक्षी रहेका छन् भने क्षेत्र नं. १ बाट पुष्प बिष्ट, नरेन्द्र कुवँर र टक्कर शाह छन् ।

यस्तै सहसचिव २ पदको लागि क्षेत्र नं. १ बाट ललित साँउद, खकेन्द्र खड्का र क्षेत्र नं. २ बाट दिनेश कुमार स्वाँर, हिक्मत धामी र गोबिन्द बिष्टको दाबी छ ।

कांग्रेस अछाको अधिबेशनका लागि जम्मा १ हजार ६ सय २४ जना मतदाता क्षेत्रिय प्रतिनिधी रहेका छन् । क्षेत्र नं. १ बाट ७ सय ६९ र क्षेत्र नं. २ का ८ सय ५५ जना क्षेत्रिय प्रतिनिधी रहेका छन् ।