मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कार्यसम्पादन मूल्यांकनका आधारमा मंगलसेन नगरपालिका अछामकै पहिलो

कार्यसम्पादन मूल्यांकनका आधारमा मंगलसेन नगरपालिका अछामकै पहिलो


अछाम । कार्यसम्पादन मूल्यांकनका आधारमा अछामको मंगलसेन नगरपालिका जिल्लामै उत्कृष्ट भएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले ७५३ वटै स्थानिय तहको कार्यसम्पादन मुल्यांकनबाट तयार गरेको कार्यसम्पादन मूल्यांकन प्रतिवेदन अनुसार जिल्लाको सदरमुकाममा रहेका मंगलसेन नगरपालिका जिल्लामै पहिलो बन्न सफल भएको हो ।

सय अंकभारमा मंगलसेन नगरपालिकाले ७३.९९ अंक प्राप्त गर्दै अछाम जिल्लाको पहिलो, सुदूरपश्चिम प्रदेशको ५ औँ तथा देशकै ११ औँ स्थानमा पर्न सफल भएको नगरपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत खकेन्द्र बहादुर सोडारीले जानकारी दिए ।

मंगलसेन नगरपालिकालाई यो स्थानसम्म पुर्याउन सहयोग गर्ने सबैलाई नगरपालिका कार्यालयले धन्यबाद समेत दिएको छ । १७ सूचकका आधारमा कार्यसम्पादन मूल्यांकन गरिएको थियो। समयमै बजेट पेश गरे/नगरेको, असार मसान्तभित्र बजेट पास गरे/नगरेको, राजस्व बाँडफाँट गरे/नगरेको, आगामी आ.वको बजेटको अनुमान अर्थमन्त्रालयमा पुस मसान्तभित्र पेस गरे/नगरेको विषयमा मूल्यांकन गरेको थियो।

त्यस्तै, आन्तरिक राजस्वको लक्ष्य र संकलन, अघिल्लो आवको बजेट र खर्चको अवस्था, बेरुजु, सुत्रको प्रयोग, आवधिक योजना तय गरे/नगरेको, विद्यालयमा विद्यार्थी भर्नाको अवस्था, गर्भवती महिलाको संख्या, संस्थागत प्रसुति संख्या, बालबालिकाको संख्या, खोप लगाएका बालबालिकाको संख्यालगायत शिर्षकका सूचकमा आयोगले स्थानीय तहलाई अंकभार दिएको हो ।

यहि मूल्यांकनका आधारमा आयोगले आगामी आर्थिक वर्षका लागि संघबाट स्थानीय तहमा प्रदान हुने समानीकरण अनुदानको रकम सिफारिस गर्नेछ।