मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

शैक्षिक क्षेत्र सुधारका लागि राज्यले विशेष पहल गर्नुपर्ने : अध्यक्ष शर्मा

शैक्षिक क्षेत्र सुधारका लागि राज्यले विशेष पहल गर्नुपर्ने : अध्यक्ष शर्मा


टेकराज भण्डारी भण्डारी, अछाम

नेपाल राष्ट्रिय शिक्षक संगठनका केन्द्रीय अध्यक्ष लक्ष्मण शर्माले शैक्षिक क्षेत्र सुधारका लागि राज्यले विशेष पहल गर्नुपर्ने बताउनु भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठन अछामको १२ औं जिल्ला अधिवेशनमा प्रमुख अतिथिको आशनबाट बाेल्दै अध्यक्ष शर्माले शिक्षा क्षेत्रमा रहेकाे समस्या, शिक्षकहरुवीच रहेकाे विभेद, शिक्षा ऐन जारी गरि विद्यमान समस्या समाधानका लागि राज्य, शिक्षा मन्त्रालय तथा मन्त्रीले विशेष ध्यान दिनुपर्नेमा जाेड दिनुभयाे ।

जिल्ला अध्यक्ष जानकी बाेहराकाे अध्यक्षतामा शुक्रबारदेखि शुरु भएको अधिवेशनमा केन्द्रीय अध्यक्ष शर्माले नेपाल राष्ट्रिय शिक्षक संगठनकाे नेतृत्वमा शिक्षा क्षेत्रका विभिन्न समस्या समाधान समेत भएको बताउनु भयाे ।
विगतमा अस्थायी शिक्षककाे समस्या समाधान, शिक्षककाे तलब भत्ता लगायतका क्षेत्रमा संगठन तथा संगठन मार्फत शिक्षक महासंघले महत्त्वपूर्ण भूमिका खेलेकाे उल्लेख गर्नुभयाे ।
अहिले पनि शिक्षक महासंघ मार्फत ५१ बुँदे सहमति भएको र यसकाे कार्यान्वयन गर्दै शिक्षा ऐनकाे शंशाेधनका लागि खबरदारी गरिरहनुपर्ने बताउनु भयाे ।
शिक्षकले कक्षाकाेठाकाे सिकाई प्रभावकारी बनाउन जहिल्यै सक्रियता देखाउनुपर्नेमा उहाँले जाेड दिनुभयाे ।

यस्तै प्रतिनिधि सभा सदस्य तथा नेकपा एमालेका केन्द्रीय सदस्य यज्ञ बाेगटीले शिक्षा क्षेत्रकाे सुधार समाज सुधारकाे बाटाे भएकोले सबै शिक्षकले यसमा ध्यान दिनुपर्ने बताउनु भयाे । आफ्नाे पार्टी सरकारमा हुँदा शिक्षकका लागि सकारात्मक काम गरेकाे भन्दै बालविकासका सहजकर्ता, विद्यालय कर्मचारी लगायतको तलब वृद्धि गरेकाे उल्लेख गर्नुभयाे ।

कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक संगठनका उपाध्यक्ष तुला थापा, शिक्षक महासंघका केन्द्रीय उपाध्यक्ष तिलक रावल, एमाले जिल्ला अध्यक्ष चन्द्र बाेहरा, संगठनका केन्द्रीय सदस्य भागिरथि धामी, प्रदेश समिति अध्यक्ष नर बहादुर कुँवर, प्रदेश सदस्य लाेकराज न्याैपाने, सुदूरपश्चिम प्रदेश सामाजिक विकास मन्त्रालयका सृवा निवृत्त उपसचिव झंकर बहादुर विष्ट, संगठनका जिल्ला समिति पूर्व अध्यक्ष रत्न प्रसाद ढुंगाना, शिक्षक संघका पूर्व अध्यक्ष पदमराज अधिकारी, पेशागत महासंघका अध्यक्ष भीम बुढा, शिक्षा विकास तथा समन्वय ईकाई प्रमुख लक्ष्मण गिरी, निजामति कर्मचारी संगठनका पूर्व अध्यक्ष चन्द्र प्रसाद ढुंगाना, शिक्षक हित बचत तथा ऋण सहकारी संंस्थाका अध्यक्ष मञ्जु कुँवर, अखिल नेपाल शिक्षक संगठनका सहसचिव पूर्ण रावल, अनेरास्ववियुका अध्यक्ष नरेन्द्र खड्का लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियाे ।

कार्यक्रममा सेवा निवृत्त १६ जना शिक्षकलाई सम्मान, काेभिडप्रभाजित शिक्षकका आफन्तलाई रकम हस्तान्तरण, मायाकाे चिनाे प्रदान लगायतका बिशेष कार्यक्रम सञ्चालन गरिएको थियाे ।

शिक्षकहरुकाे उल्लेख सहभागीतामा भएको कार्यक्रमकाे सञ्चालन संगठनका सचिव सर्पराज रिमालले गर्नुभएको पत्रकार टेकराज भण्डारीले जानकारी दिनुभयाे ।
संगठनकाे आज बन्द सत्र हुने र बन्द सत्रबाट जिल्ला समितिकाे नयाँ नेतृत्व चयन हुनेछ ।