मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सबैभन्दा धेरै मतदाता मोरङ र कम मनाङमा, कहाँ कति ? (सूचीसहित)

सबैभन्दा धेरै मतदाता मोरङ र कम मनाङमा, कहाँ कति ? (सूचीसहित)


काठमाडौं । निर्वाचन आयोगले आसन्न वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदाताहरूको अन्तिम टुंगो लगाएको छ । आज सार्वजनिक गरिएको मतदाता नामावलीअनुसार कुल १ करोड ७७ लाख ३३ हजार ७२३ मतदाता रहेका छन् । जसमध्ये ८९ लाख ९२ हजार १० पुरुष, ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् ।  १८३ अन्य मतदाता छन् ।

थपिए ३६ लाख ५९ हजार २९९ मतदाता
अघिल्लो स्थानीय तह निर्वाचनको तुलनामा ३६ लाख ५९ हजार २९९ मतदाता थपिएका छन् । २०७४ सालमा भएको निर्वाचनमा १ करोड ४० लाख ७४ हजार ४२४ मतदाता थिए । यो निर्वाचनमा ३६ लाख बढी मतदाता थपिएका हुन् ।

सबैभन्दा धेरै मोरङमा, मनाङमा थोरै 
आयोगले सार्वजनिक गरेको सूचीअनुसार सबैभन्दा बढी मतदाता मोरङमा छन् । जहाँ ७ लाख १५ हजार २ सय २३ जना रहेका छन् ।

झापा र काठमाडौंमा पनि अरू जिल्लाको तुलनामा बढी मतदाता छन् । 

सबैभन्दा कम मतदाता मनाङ, रहेका छन् । जहाँ ६ हजार ४९६ मतदाता छन् ।

कहाँ कति मतदाता ?

https://drive.google.com/file/u/0/d/19aI1Dz01Hhbo36YwjUXaV4K70k6H4nae/view