मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

पुरुषभन्दा महिला मतदाता साढे दुई लाख कम

पुरुषभन्दा महिला मतदाता साढे दुई लाख कम


काठमाडौं । स्थानीय तह निर्वाचनमा भाग लिन पाउने महिला मतदाताको संख्या पुरुष मतदाता भन्दा २ लाख ५० हजारभन्दा बढीले कम रहेको पाइएको छ ।

निर्वाचन आयोगले आज सार्वजनिक गरेको सूचीअनुसार ८९ लाख ९२ हजार १० पुरुष मतदाता रहेका छन् भने ८७ लाख ४१ हजार ५३० महिला मतदाता रहेका छन् ।

जुन पुरुष मतदाताको संख्याभन्दा २ लाख ५० हजार ४८० ले कम हो । 

आयोगले आज जारी गरेको सूचीअनुसार कूल १ करोड ७७ लाख ३३ हजार २२३ मतदातामध्ये १८३ अन्य मतदाता रहेका छन् ।

स्थानीय तहको निर्वाचन वैशाख ३० गते हुँदैछ । जहाँ वैशाख २९ गतेसम्म १८ वर्ष पूरा हुने मतदाताले भाग लिन पाउनेछन् । यस निर्वाचनमा २०७४ सालको स्थानीय तहमा भन्दा ३६ लाखबढी मतदाता थपिएका छन् ।

अघिल्लो निर्वाचनमा पनि पुरुषभन्दा महिला मतदाताको संख्या कम थियो ।