मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरी नियुक्त

सुदूर आज

काठमाडौं – सरकारले गोरखापत्र संस्थानको महाप्रबन्धकमा लाल ऐरीलाई नियुक्त गरेको छ।

बिहीबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले ऐरीलाई महाप्रबन्धकमा नियुक्त गर्ने निर्णय गरेको हो। गोरखापत्र संस्थानको महाप्रबन्धक पदका लागि फागुन २७ गते आवेदन माग गरिएको थियो।

गोरखापत्रमा आवेदन दिएका मध्ये १० जना छनोट भएका थिए। ती मध्ये ऐरी महाप्रबन्धकमा नियुक्त भएका छन्। कान्तिपुर टेलिभिजनमा कार्यरत ऐरी नेपाल प्रेस युनियनका सुदूरपश्चिम संयोजक हुन्।