मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

स्कुलबाट बिदाई हुदैँ अधिकारीले भने फरक क्षेत्र भएपनि मेरो काम समाजसेवा नै हुनेछ

स्कुलबाट बिदाई हुदैँ अधिकारीले भने फरक क्षेत्र भएपनि मेरो काम समाजसेवा नै हुनेछ

सुदूर आज

शिक्षक अधिकारीको षोडशा माबीबाट बिदाई

अछाम : अछाम जिल्लाको सदरमुकाममा रहेको जिल्लाको अग्रणी शैक्षिक संस्था षोडशा माबीका शिक्षक पदमराज अधिकारीको बिदाई गरिएको छ ।

बिद्यालयले एक कार्यक्रमको आयोजना गरी शिक्षक अधिकारीको बिदाई गरिएको बिद्यालयका प्रधानाध्यापक मदन बहादुर कुवँरले बताए ।

शिक्षक पेशाबाट पूर्णकालिन राजनितिमा लाग्ने भन्दै अधिकारीले यसअघि राजिनामा दिएका थिए । शिक्षा विकास तथा समन्वय ईकाईले यहि चत्रै २० गते स्वीकृत गरेको थियो । राजिनामा स्वीकृत भएसंगै स्कुलले उनको बिदाई गरेको थियो ।

उनले बिदाईका क्रममा आफु फरक माध्यमबाट भएपनि समाज परिवर्तन र विकासकै लागि क्रियाशिल हुने बताए । जिल्लाको शिक्षा, स्वास्थ्य लगायतका क्षेत्र सुधारमा आफुले जहिल्यै भुमिका निर्वाह गर्ने बताए ।

उनले भने म स्कुल संग प्रत्यक्ष रुपमा सहभागी नभएपनि फरक माध्यमबाट स्कुलको विकास र शैक्षिक सुधारका लागि प्रयत्नरत रहने बताए ।

टोल गाउँ समाज देश विकास र सबैको लोकतान्त्रिक मुल्यमन्यता साथ सकरात्मक परिवर्तनको लागि आफुलाइ समर्पण गरी समाज विकास र परिबर्तनमा लाग्ने उनले बताए ।

उनले आफुलाई सहयोग गर्ने बिधालय शिक्षक सहकर्मी र बिद्यार्थीलाई धन्यबाद दिएका थिए ।

अधिकारी अब नेपाली कांग्रेस अछामको पुर्णकालिन राजनितिमा होमिएका छन् । उनि हाल कांग्रेस महासमिती सदस्य हुन् भने उनलाई कमलबजार नगरपालिकाको नगर प्रमुखको मुख्य दाबेदारका रुपमा हेरिएको छ ।