मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ

प्रधानमन्त्री देउवाद्वारा टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ


काठमाडौं- प्रधानमन्त्री शेरबहादुर देउवाले टाइफाइड विरुद्धको राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका छन्। दरबार हाइस्कुलमा आयोजित कार्यक्रममा स्वास्थ्यकर्मीलाई भ्याक्सिन हस्तान्तरण गर्दै प्रधानमन्त्री देउवाले राष्ट्रिय खोप अभियानको शुभारम्भ गरेका हुन्।

कार्यक्रममा प्रधानमन्त्री देउवाले कोभिडविरुद्धको खोप अभियानलाई सफल बनाए जस्तै गरी स्वास्थ्यकर्मीले टाइफाइड विरुद्धको अभियान पनि सफल बनाउनेमा आफू विश्वस्त रहेको बताए । 

प्रधानमन्त्रीले खोप अभियान सुरु गरेसँगै दरबार स्कुलमै १५ महिनादेखि १५ वर्ष उमेर समूहका बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने काम समेत सुरु भएको छ।

स्वास्थ्य मन्त्री विरोध खतिवडाले टाइफाइडविरुद्धको २४ दिने खोप अभियानलाई कुनै पनि अवरोध नगरी सञ्चालन गर्न स्वास्थ्यकर्मीहरुलाई निर्देशन दिएका छन्। 

बागमती प्रदेशका स्वास्थ्य मन्त्री निमा लामाले आफ्नो प्रदेश कोभिडविरुद्धको खोप लगाई लक्ष्य हासिल गर्नेमा पहिलो भएको बताउँदै टाइफाइड विरुद्धको खोपका लागि पनि तयार रहेको बताए ।

काठमाडौँ महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्यले खोप अभियान महानगरका लागि चुनौतीपूर्ण भएपनि यसलाई सफल बनाएरै छाड्ने विश्वास व्यक्त गरे। 

स्वास्थ्य सचिव डा रोशन पोखरेलले खोप अभियानमा खटिने स्वास्थ्यकर्मीलाई हौसला प्रदान गर्न आवश्यक रहेको चर्चा गर्दै अभियान सफल बनाउन सबैको साथ र सहयोग चाहिने बताए।