मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, ६ वर्षमा २० प्रतिशतको मात्र पहुँच

प्रभावकारी भएन स्वास्थ्य बीमा कार्यक्रम, ६ वर्षमा २० प्रतिशतको मात्र पहुँच

सुदूर आज

काठमाडौं– स्वास्थ्य बीमा कार्यक्रममा हालसम्म ५३ लाख ४ हजार ७० जना आवद्ध भएका छन।

स्वास्थ्य बीमा दिवसको पूर्वसन्ध्यामा स्वास्थ्य बीमा बोर्डले आयोजना गरेको कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक दामोदर बर्सौलाले हालसम्म ५३ लाख ४ हजार ७० जना अर्थात २० दशमलव ३ प्रतिशत व्यक्तिहरु मात्रै स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध भएको जानकारी दिए।

स्वास्थ्य बीमा कार्यक्रम लागु भएको ६ वर्ष पुगेको अवसरमा शुक्रबार स्वास्थ्य बीमा दिवस मनाइँदै छ।  ५ वर्षभित्र ३ करोड नेपालीको बीमा गर्ने लक्ष्य राखिए पनि हालसम्म निकै कन व्यक्ति मात्रै बीमाको दायरामा आएका छन्।  

यीमध्ये पनि नविरकण गराउनेहरुको दर ७० प्रतिशत मात्र रहेको तथ्यांक छ। देशभर कूल बीमित परिवार १५ हजार ८ सय ५१४ अर्थात देशभरको कुल परिवार संख्याको २७ दशमलब ७९ प्रतिशत परिवार मात्र बीमित रहेका छन्। कूल बीमितमध्ये ३९ दशमलब ३९ अर्थात २० लाख ८९ हजार ५९९ जनाले सेवा लिएको बोर्डले जनाएको छ।

२०७२ चैत २५ देखि कैलाली जिल्लाबाट सुरु भएको स्वास्थ्य बिमा कार्यक्रम हाल ७७ जिल्लाका ७४५ स्थानीय तहमा विस्तार भएको छ। कुल बिमित मध्ये अति गरिब परिवारको बीमित सदस्य संख्या ४ लाख ८८ हजार ४, ज्येष्ठ नागरिक परिवारको बीमित सदस्य संख्या ६ लाख ३४ हजार ७३५, एचआईभी संक्रमित परिवार बीमित सदस्य संख्या २५ हजार २८९ रहेको बोर्डले जनाएको छ।

यस्तै अति अशक्त अपाङ्गता भएका परिवारको बीमित सदस्य संख्या ९३ हजार ६२९, कुष्ठरोग संक्रमितको परिवारको बीमित सदस्य संख्या २ हजार ८४९, एमडिआर क्षयरोगी परिवारको बीमित सदस्य संख्या २ हजार ४७४ र महिला स्वास्थ्य स्वयंसेविका परिवारको बीमित सदस्य संख्या ८३ हजार ६२६ रहेको बोर्डको तथ्यांक छ।

बोर्डका कार्यकारी निर्देशक वर्षौलाका अनुसार चालु आर्थिक वर्ष भित्रमा सबै स्थानीय तहमा बीमा कार्यक्रम बिस्तार गर्ने योजना छ। बोर्डको आफ्नै कर्मचारीको स्थायी दरवन्दी नहुदा र सर्वसाधारणलाई बिमाको विषयमा अझै बुझाउन नसक्दा नविकरण गर्ने बीमितको संख्यामा कमी आएको उनले बताए।

पछिल्लो सेवाग्राहीको चाप बढ्दै गएकाले सेवा प्रदायक संस्थामा व्यवस्थापन गर्न समस्या देखिएको उनले स्वीकार गरे।
त्यसलाई समाधान गर्ने प्रयास आफुहरुले गरिरहेको उनले जानकारी दिए।