मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

आचारसंहिता कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृत श्रेष्ठको अनुरोध

आचारसंहिता कार्यान्वयन गर्न मुख्य निर्वाचन अधिकृत श्रेष्ठको अनुरोध


रमेश रावत, अछाम : अछाम जिल्लाका मुख्य निर्वाचन अधिकृत मनोज श्रेष्ठले स्थानीय तह निर्वाचन २०७९ लाई सम्पन्न गर्न सबै राजनैतिक दलहरूलाई सहयोगको आग्रह गरेका छन् ।

बुधवार जिल्ला स्थित राजनैतिक दल र सरोकारवालासंगको बैठकमा उनले निर्वाचन शान्तिपूर्ण सम्पन्न गर्नको लागि राजनैतिक दलहरूको भूमिका महत्त्वपूर्ण भएको भन्दै सहयोगको अनुरोध गरेका हुन ।

उनले निर्वाचन आचारसंहिता पालनकोलागी दलहरू लाग्नुपर्ने बताए ।

जिल्लास्थित सबै राजनैतिक दलका प्रमुखहरूसँगको छलफलका क्रममा प्रमुख जिल्ला अधिकारी विश्वराज मरासैनीले निर्वाचन सुरक्षाका लागि जिल्लाको सबै सुरक्षा अङ्गहरू परिचालन हुने बताएका छन् ।

बैठकले निर्वाचन सम्पन्न गर्न विभिन्न निर्णय गरेको छ ।