अछाम । बयालपाटा अस्पतालका तत्कालिन स्वास्थ्य सेवा निर्देशक डा. विकास गौचनको बिदाई गरिएको छ । नेपाल पत्रकार महासंघ जिल्ला शाखा अछामले डा. गौचनको एक कार्यक्रमका बिच बिदाई गरेको हो ।
एक दशक भन्दा बढी समय अछामको बयालपाटा अस्पतालमा कार्यरत रही यस क्षेत्रका जनतालाई गुणस्तरिय स्वास्थ्य सेवा तथा समग्र जिल्लाको स्वास्थ्य सुधारका लागि उल्लेखनिय काम गरेको भन्दै उनको सम्मान सहित बिदाई गरिएको महासंघ अछामका अध्यक्ष खम्म खत्रीले बताए ।
डा. गौचनले बयालपाटा अस्पतालबाट केही सयम पहिले नै राजिनामा दिएको भएपनि देश कोभिड महामारीले आक्रान्त हुदाँ उनि गण्डकी प्रदेशको संक्रामक तथा सरुवा रोग अस्पतालमा कार्यकारी निर्देशक पदमा कार्यरत रहेका कारण अछाम आउन सकेका थिएनन् ।
अहिले उनि अछाम आएको अवसरमा महासंघ अछामले एक कार्यक्रमको आयोजना गरि डा. गौचनलाई प्रशंसा पत्र प्रदान गर्दै बिदाई गरेको हो । बिदाईको अवसरमा बोल्दै महासंघ अछामका अध्यक्ष खम्म खत्रीले डा. गौचनले अछामको स्वास्थ्य क्षेत्रमा अतुलयिन योग्दान गरेका कारण यस क्षेत्रका जनताले उहाँलाई कहिल्यै नबिर्सेने बताए ।
अछाम र अछामी जनताको स्वास्थ्यमा डा. गौचनले दिएको सेवाको जति नै प्रशंसा गरेपनि कमि हुने भन्दै अध्यक्ष खत्रीले आगामी दिनमा समेत यस्तै काम गर्न आग्रह गरे । दुर्गममा चिकित्सक बस्न नरुचाएका बेला डा. गौचन लामो समय अछाममा बसेर दिएको सेवाको सबैले प्रशंसा गर्ने उनको भनाई थियो ।
कार्यक्रममा बोल्दै डा. गौचनले आफु अछाममा रहाँदा यस क्षेत्रका सबै जनता, राजनितिज्ञ, पत्रकार तथा समाजका सबै क्षेत्रबाट साथ सहयोग पाएको बताए । आफु कार्यरत संस्था बयालपाटा अस्पतालको स्तर उन्नित र प्रगतीका लागि आफु जहिल्यै साथ सहयोग गर्न तत्पर रहेको बताए ।
कार्यक्रममा बयालपाटा अस्पतालका तत्कालिन दन्त चिकित्सक डा. रेखा शेरचनको समेत बिदाई गरिएको थियो ।
बिदाई कार्यक्रममा नेपाल पत्रकार महासंघ सुदूरपश्चिम प्रदेश सदस्य तपेन्द्र कुवँर, प्रेस यूनियन अछामका उपाध्यक्ष सरिता खड्का, प्रेस चौतारी अछामका उपाध्यक्ष एकेन्द्र महता, समाजवादी प्रेस संगठन अछामका अध्यक्ष डण्डीराज भट्ट, अकोराबका जिल्ला अध्यक्ष कमल रावल, खप्तड न्यूज दैनकका रोमन भट्ट लगायतका पत्रकारहरुको सहभागिता रहेको थियो ।
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/04/Dr-vikash-ferwell.jpg?resize=720%2C596&ssl=1)
![](https://i0.wp.com/sudooraaja.com/wp-content/uploads/2022/04/IMG_0825.jpg?resize=720%2C442&ssl=1)
प्रतिक्रिया