मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

अछामका २ पालिकामा २ जनाको स्वतन्त्र उम्मेद्धारी दर्ता

अछामका २ पालिकामा २ जनाको स्वतन्त्र उम्मेद्धारी दर्ता


अछाम : अछामका दुई स्थानिय पालिकामा दुई जनाको स्वतन्त्र उम्मेद्धारी परेको छ । जिल्लाको पञ्चदेवल बिनायक नगरपालिका र बान्नीगढी जयगढ गाँउपालिकामा स्वतन्त्र व्यक्तीको उम्मेद्धारी परेको हो ।

बिनायकमा चर्चित युवा गायक टंक तिमिल्सैना र जयगढमा साहित्य तथा समाजसेवी युवा तारा प्रसाद पाण्डेको उम्मेद्धारी परेको हो ।

पन्चदेवल विनायक नगरपालिकाको नगर प्रमुखमा चर्चित लोक दोहोरी गायक टंक तिमिल्सिनाले उम्मेदवारी दर्ता गराएका छन् भने जयगढमा युवा तारा प्रसाद पाण्डेले उम्मेद्धारी दर्ता गराएका छन् ।

पालिकाका निर्वाचन अधिकृतको कार्यालयमा गएर उनीहरुले आफै मनोनयन दर्ता गराएका छन् ।

पालिकामा व्याप्त शिक्षा, स्वास्थ्य, युवा बेरोजगार तथा खानेपानी समस्या समाधान र भौतिक पूर्वाधार विकासका लागि स्वतन्त्र उम्मेदवारी दिएको उनिहरुले बताए ।

आफूहरुले जितेमा पालिकालाई देशकै नमुना बनाउने उनीहरुको दाबी छ । तिमिल्सिना लामो समयदेखि नेपालको सांगितिक क्षेत्रमा सक्रिय छन् भने पाण्डे समाजसेवा र साहित्य क्षेत्रमा सक्रिय छन्।

तिमिल्सैनाले सुदुरपश्चिमको भाषा सस्कृतिलाई गित संगीतको माध्यम बाट प्रर्बद्धन गर्दै आएका छन् भने सामाजिक क्षेत्रमा समेत समाजसेवा गर्दै आएका छन्। युवा गायक तिमिल्सैना नेपाली सांगीतिक क्षेत्रमा अत्याधिक रुचाइएका लोक दोहोरि गायक तथा सर्जक हुन् ।

समाज परिवर्तनको लागि अब युवाहरूले नेतृत्व लिन अग्रसर हुनुपर्ने भन्दै उनिहरुले पालिकाको प्रमुख पदमा उम्मेदवारी दिएको बताएक छन् ।

सबै युवा वर्ग र समाजमा परिर्वतन चाहानेहरुले आफुहरुलाइ मत दिने उनिहरुको दाबी छ ।