मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

कोरोनाका कारण १ कराेड ५० लाख जनाकाे ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनको अनुमान

कोरोनाका कारण १ कराेड ५० लाख जनाकाे ज्यान गएको विश्व स्वास्थ्य सङ्गठनको अनुमान


भारतमा आधिकारिक तथ्याङ्कभन्दा १० गुणा धेरैको ज्यान गएकाे हुन सक्ने

विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ) ले कोरोना महामारीका कारण अहिलेसम्म विश्वमा झन्डै १५ मिलियन अर्थात् एक कराेड ५० लाख जनाकाे ज्यान गएको हुन सक्ने अनुमान गरेको छ ।

यो तथ्याङ्क दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाएकाको तुलनामा १३ प्रतिशतभन्दा धेरै  हो । कतिपय देशमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्याभन्दा निकै कम गणना भएको हुन सक्ने सङ्गठनले जनाएको छ । अहिलेसम्म दुई वर्षमा कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या ५४ लाख जना मात्र रहेको आधिकारिक तथ्याङ्क रहेको छ ।

डब्लूएचओले भारतमा मात्रै कोरोनाका कारण ४७ लाख जनाको ज्यान गएको हुन सक्ने बताएको छ । यो  आधिकारिक तथ्याङ्कभन्दा १० गुणा धेरै हो । विश्व स्वास्थ्य सङ्गठनको अनुमानलाई लिएर भारत सरकारले भने चिन्ता व्यक्त गरेको छ । भारतमा आधिकारिक तथ्याङ्कअनुसार कोरोनाका कारण ज्यान गुमाउनेको सङ्ख्या पाँच लाख २३ हजार नौ सय ७५ जना रहेको छ । अहिले भारतमा दैनिक झन्डै तीन हजार कोरोनाका नयाँ सङ्क्रमित थपिने गरेका छन् ।

भारतसँगै रुस, इन्डोनेसिया, अमेरिका, ब्राजिल, मेक्सिको र पेरुमा पनि कोरोनाको कारण ज्यान गुमाउनेको सङ्ख्या अनुमान गरेको गरेको भन्दा झन्डै तीन गुणा बढी रहेको पाइएको बीबीसीले जनाएको छ ।