मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

४६ हजार बराबरको जागिर छोडेर वडाध्यक्षमा उम्मेद्धारी

४६ हजार बराबरको जागिर छोडेर वडाध्यक्षमा उम्मेद्धारी


अछाम । साँफेबगर नगरपालिका वडा नं. १२ खप्तडमा युवा जनक कडायतले उम्मेद्धारी दिएका छन् । नेपाली कांग्रेसको तर्फबाट उनले वडाध्यक्ष पदमा उम्मेद्धारी दिएका हुन् ।

खप्तडको समग्र क्षेत्रको विकास गर्न उद्देश्यका साथ आफुले उम्मेद्धारी दिएको उनले बताए । शिक्षा, स्वास्थ्य, खानेपानी, सड्क र पर्यटन क्षेत्रलाई मुख्य विकास गर्ने लक्ष्यका साथ आफु राजनितिमा होमिएको उनले बताए ।

जिल्लाको बयालपाटा अस्पतालमा बिगत ८ बर्ष देखि कार्यरत कडायतले अस्पतालको जागिरबाट राजिनामा दिएर वडाध्यक्ष पदमा उम्मेद्धारी दिएका हुन् । अस्पतालमा ४६ हजार बराबरको जागिर पाईरोखेका युवा नेता कडायतले गाँउ र वडाको विकास गर्न आफुले जागिर राजिनामा दिएको बताए ।

कडायत यस अघि नेपाली कांग्रेसको १४ औँ महाधिबेशन अन्र्तगत अछाम क्षेत्र नं. १ बाट सर्बाधिक मत ल्याएर क्षेत्रिय सहसचिव पदमा बिजयी भएका थिए ।